काठमाडौं, ७ असार । नेपालसँग चीनले रेलमार्ग योजना औपचारिक रुपमा ल्याउन माग गरेको छ।
फोटो : रोशन सापकोटा
मंगलबार काठमाडौँमा सम्पन्न संयुक्त परामर्श संयन्त्रको एघारौँ बैठकमा चिनियाँ पक्षले रेलमार्ग लगायत कनेक्टिभिटिका योजना औपचारिक रुपमा ठोस प्रस्ताव ल्याउन आग्रह गरेको हो । यसले दुई देशबीचको कनेक्टिभिटिलाई व्यापक बनाउने पनि विश्वास गरिएको छ ।
चार वर्षपछि काठमाडौँको सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बसेको द्विपक्षीय कुटनीतिक बैठक साढे दुई घण्टा चलेको थियो। चिनियाँ पक्षको नेतृत्व सहायक विदेशमन्त्री कुङ सेन यु र नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गरेको बैठकमा नेपाल र चीनबीच भएका वान बेल्ट वन रोड परियोजना तथा ब्यापार पाबहन सम्बन्धी सम्झौता लागू गर्दै जाने सहमती भएको छ।
दुवै मुलुकबीच विगतमा सम्पन्न सम्झौता तथा सहमति कार्यान्वयन अगाडि बढाउन सहमति जुटेको बैठकपछि परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।