दाङ ४ असार । यही आषाढ १४ हुने स्थानीय तह निर्वाचनका लागि दाङमा उल्लाहसमय तरिकाले उम्मेदवारी दर्ता भएको छ, दाङ १७ दलले उम्मेवारी दर्ताा गरेका छन्, जनताको व्यापक सहभागिता पार्टी नेता कार्यकर्ताको उत्साहपूर्ण सहभागितामा भएको उम्मेदवारी मनोनयले महाउत्सवको संकेत दिएको छ । दूइ लाख एकानब्बे हजार एक सय त्रिहत्तर मतदाता रहेका दाङमा दश स्थानीय तह रहेका छन् । दुइ उपमहानगर एक नगर र सात गाँउपालिका रहेका छन् । समाचार तयार पार्दासम्म चार सय नौ जनाले मनोनयन दर्ता गरेका छन् । यतिबेलासम्म तीन गाँउपालिकाको मात्र मनोनयको कार्यक्रम सकिएका बताइएको छ ।

jeeeven-gautam

मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार जिल्लाभर मनोनय निकै उत्साहजनक रहेको बताउनु भएको छ । जिल्लाभर देखिएको चुनावको उत्साहले चुनाव शान्तिपूर्ण र विश्वसनीयरुपले सम्पन्न हुने बताउनु भएको छ । उता सुरक्षा निकायले सुरक्षाको कडा व्यवस्था गरेको छ, सुरक्षा मजबुतका कारण दाङमा कुनै अप्रिय घटना हुन नसकेको दाङ प्रहरी प्रमुख धिरजप्रताप सिँहले बताउनु भएको छ ।

19357871_1478064585590209_1439594215_n

जिल्लामा क्रियाशिल दलका उम्मेदवारहरुले स्थानीय तह निर्वाचनले उत्साह थपेको बताएका छन् , पहिलो पटक र अधिकारसम्पन्न स्थानीय तह निर्वाचन भएकोले आफूहरुले उम्मेदवारी दिएको बताएका छन् ।

SAMSUNG CSC
SAMSUNG CSC