दाङ ४ असार । तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवारहरुले तुलसीपुरलाई सम्वृद्ध तुलसीपुर बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । दाङको तुलसीपुरमा एभिन्युज टेलिभिजनले आयोजना गरेको निर्वाचन जनप्रतिनिधिको कार्यक्रममा उनीहरुले तुलसीपुरको समग्र बिकासमा एक भएको बताएका हुन् ।

avenues5उनीहरुले तुलसीपुरलाई स्मार्ट सिटिसहित उज्यालो तुलसीपुर , क्लिन तुलसीपुर लगायतका बिकास निमार्ण गर्ने प्रतिवद्धता जनाए ।
नेपाली काग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले आफनो उम्मेदवारि तुलसीपुर उपमहानगरपालिकालाई शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाईसहित छिटो छरितो सेवा दिनका लागि भएको दावी गरे ।

नेकपा एमालेबाट मेयर पदका उम्मेदवार घनश्याम पाण्डेले तुलसीपुरको विकासको गति बनाउने मिसनका साथ आफेनो मेयरको उम्मेदवारी भएको बताए । नेकपा माओवादीद केन्द्रका मेयर पदका उम्मेदवार शेषुराम भण्डारीले आफनो उम्मेदवारी भ्रष्टाचाररहित उपमहानगरपालिका बनाउने बताए । नयाँ शक्तिका तर्फबाट मेयरका उम्मेदवा जीवन भण्डारीले आफू मयेर भएपछि तुलसीपुरलाई स्र्माट सिटी बनाउने प्रतिवद्धता जनाए ।