काठमाडौंँ, ४ असार। स्थानीय तहको दोस्रो चरणको चुनावमा निर्वाचन आयोगले मनोनयन दर्ता गर्न आइतबार बिहान ८ देखि साँझ ४ बजेसम्मको समय निर्धारण गरेको छ । निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन गरी दोस्रो चरणको निर्वाचन तयारी पूरा भएको जानकारीसमेत दिएको छ ।
प्रदेश नं। १, ५ र ७ मा हुने निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्था पनि भरपर्दो बनाएको भन्दै आयोगले निर्धक्क भएर मनोनयन दर्ता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ । दोस्रो चरणमा एक महानगरपालिका ९विराटनगर०, सात उपमहानगरपालिका, एकसय ११ नगरपालिका र दुईसय १५ गाउँपालिका गरी ३३४ स्थानीय तहमा निर्वाचन हुने आयोगका प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले जानकारी दिए । यस निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा भाग लिँदैछन् । त्यसबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुने आयोगले जानकारी दिएको छ ।
असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि चारहजार ५८१ मतदान स्थल र त्यसका लागि आठ हजार ३६४ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । गोरखापत्रमा खबर छ । निर्वाचनमा सुरक्षाकर्मीबाहेक मात्रै ६६ हजार ९०० कर्मचारी खटिन लागेको प्रमुख निर्वाचन आयुक्त डा। यादवले बताए।
दलका तर्फबाट उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने, वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ । महिला, दलित, अल्पसङ्ख्यकलगायत उम्मेदवारका लागि मनोनयन दर्ता शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था रहेको आयोगले जानकारी दिएको छ ।
