माधव बेल्वासे
चन्द्रौटा ३, असार । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पाटी नेपालको तर्फबाट कपिलवस्तुको शिवराज नगरपालिकाको मेयर पदमा कृष्ण कुमार चौधरी ले उम्मेदवार घोषणा गर्नुभएको छ ।रिपोर्टस क्लव चन्द्रौटाले आयोजना गरेको पत्रकार सम्मेलनमा चौधरिले आफ्नो उम्मेदवारि सार्वजनिक गरेका हुन ।उम्मेदवारि घोषण सगै मेयरका उम्मेदवार चौधरिले २० वुदे प्रतिवद्धता पत्र पनि सार्वजनिक गरिएको छ ।
शिवराज नगरपलिकालाई नेपालकै उत्कृष्ट नगरको रुपमा स्थापित गर्ने पर्यटन, रोजगार, सुशासन, कृषि, भौतिक पूर्वाधार, शिक्षा, कला, संस्कृति र खेलकुद, स्वास्थ्य, युवा, रोजगार, सञ्चार र वातावरण लगायतका क्षेत्रको विकास गर्ने प्रारम्भिक घोषणा–पत्र तथा प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
स्वरोजगार उन्मुख शिक्षा , बृद्धवृद्धाका लागि सेवाआश्रमका साथै जेष्ठ नागरीक , अपाङग र अल्पसंख्यकले पाउदै आएको भत्तालाई दोब्बर बनाउने संकल्प रहेको पत्रकार सम्मेलनमा जानकारि गराए ।आफुले महोत्काक्षी योजना नल्याएको बताउदै उल्लेख गरेका योजना जनताले विश्वास गरि आफुलाई जिताएमा जुनसुकै हालतमा पुरा गरेरै छाड्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
शिवराज नगरपालिकाको चौतर्फी विकाश गरी नमुना शहर बनाउन योजना रहेको उम्मेदवार चौधरिले वताए ।विगत लामो समयदेखि गाविस सचिव भई काम गरेका चौधरिले जनताले आफुलाई विश्वास गरि भोट दिने विश्वास व्यक्त गरे ।