गोविन्द खड्का
घोराही, १ असार । उज्यालो विहानी फाउन्डेशनको आयोजनामा बुधवार घोराही १८ गिठेपानीमा एकदिने श्वास्थ्य शिविर सम्पन्न भएको छ । उपचारमा संलग्न चिकित्सकले रक्सी छोडि दुध प्युन सुझाव दिएका छन् ।
उपचारमा आएका एकसय बढि मध्य अधिकांंशलाई ग्याष्टिकको समस्या देखिएको उपचारमा संलग्न डा पुष्प भुषालले जानकारी दिनुभयो । त्यसरी ग्याटिकको समस्याले शिविरमा आउनेहरु अधिकांश चुरोट र सुर्ति सेवन गर्नेहरु थिए । उनिहरु कोहि चुरोट गन्हाउथे कतिका मुखमा सुर्ति कोचीएको थियो । ‘चुरोट सुर्तिले पेटमा अम्लीय पदार्थ बढि आउछ’ डा भुसालले भन्नुभयो, ‘त्यहि ग्याटिक हो ।’
यसैगरी रक्सी सेवन गर्दै नगर्न डा भुषालले सुझाव दिनुभएको छ । उहाका अनुसार त्यसले कलेजोका सेलहरु नष्ट गर्छ । कलेजोमा अनेकौ समस्या ल्याउछ । त्यस संगै शरीका जुनसुकै भागमा कुनै विकार ल्याउन सक्छ । ‘केहिलाई कलेजोको समस्या देखियो’ डा भुषालले भन्नुभयो, ‘रक्सि खाने नै होईन । अल्कोहलले अम्लबढाउछ । त्यसले पनि ग्याटिक बनाउछ ।’
यसैगरी समयमा खाना नखाने कारणले पिसाव पोल्ने समस्याका विरामी भेटिएको डा भुषालले जानकारी दिनुभएको छ । प्रशस्त पानी नपिउनाले पनि त्यस्तो समस्या आएको हुन सकने बताउनुभयो । धाराको पानी सोझै पिउने समस्याले पनि त्यस क्षेत्रमा बिरामी बढाएको डा भुषालको भनाई छ । सोडिस, उमालेर वा फिल्टर गरेर मात्रै पानी पिउन भुषालले सुझाव दिनुभएको छ ।
हाडजोर्नि र वाथका विरामी पनि भेटिएका छन् । उनिहरुका हड्डिकमजोर हुनुको कारण क्याल्सीयम अभावले हो । दुध दहिले मजवुत बनाउने भएकाले रक्सी छोडि दुध पिउन आग्रह गर्नुभयो । खाना समयमा नखाने, बाहिरी कुरा धेरै खाने । छिटो र सजिलोका लागि पसलका कुरामा ध्यान दिने त्यस क्षेत्रमा स्वाथ्य समस्या ल्याउने कारण बनेका छन् । घरमा पकाएको खाना र खाजा नरुचाउनेले पनि रोग बढाएको छ । चिल्लो पिरोको मात्रा बढेकाले पनि विरामी भएका थिए ।
त्यस संगै व्यक्तिगत सरसफाइमा कमि देखिएको छ । हरेक बखत रक्सीमा रंगमगिनेहरु सरसफाई गर्दैनन् । जाड रक्सीमा अभिवावक भुलेपछि बालवालिकाको स्याहार पनि पुग्दैन् । त्यसले गर्दा सबै उमेर समुहका व्यक्तिमा स्वाथ्य समस्या आउन सक्छ । शरीरमा रोग दवाएर राख्नेहर पनि भेटिएको चिकित्सकहरुले बताएका छन् । सहन सक्दा सम्म उपचारमा नजाने गाउ“ले प्रबृत्ति गिठेपानीमा देखिएको छ । पुराना वाथरोग, सुगर, प्रेशर लगाएतका समस्या पनि भेटिएका छन् । पचास बढिलाई निशुल्क चेक जाच गरीएको फाउन्डेशनका गिरबहादुर महरा रोदनले जानकारी दिनुभयो । यस अघि विभिन्न सामाजिक काम गर्दै आएको छ ।
उपचारमा चिकित्सकहरु एचए दिपक केसी, स्टाप नर्स हिमा बन्जाडे लगाएतको सहभागिता थियो । विरामीलाई आवश्यक औषधि जिल्ला जनश्वास्थ्य कार्यालय र फल्लोरेन्स अस्पताल लमहिले गरेको फाउन्डेसनका संयोजक कृष्ण केसिले जानकारी दिनुभयो । सामान्य ज्वरोको औषधि नपाएकाले सुविधा लिदा खुशि थिए । यस्ता कार्यक्रम अरुबेला पनि गर्न बुढापाकाले सुझाव दिएको संयोजक केसिले जानकारी दिनुभयो । हात गोडा, घुडा दुख्ने विरामी धेरै भेटिएका थिए । गिठेपानी फुर्सेखाली क्षेत्रका सबै टोलवाट सोचे जति सहभागिता भएको फाउन्डेसनले जनाएको छ ।