दाङ ३१ जेठ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल जिल्ला कार्यसमितिको अयोजना तथा जिल्ला समन्वय समिति दाङको सहयोगमा आज अपाङ्गता भएका व्यक्तिहरुको खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

feature0महासंघका अध्यक्ष शिव घर्ती मगरको अध्यक्षता एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रमम जिल्ला खेलकुद विकास समितिका एट्लेटिक्स प्रशिक्षक, पदमा चौधरी, धन प्रसाद घर्ती, जयविर चौधरी, कुसल तामाङले अपाङ्गता भएका व्यक्तिहरुको खेलको महत्व रहेको बताएका थिए ।

जिल्लामा बहिरा, दृष्टिविहिन, बौद्धिक अपाङ्गता र शारिरीक अपाङ्गता भएका व्यक्तिहरु विच गरिएको गरीएको खेलकुद प्रतियोगिता अन्र्तगत दृष्टिविहिन अपाङ्गता महिला सटबल प्रतियोगितामा अनिता थापा मगर प्रथम, प्रतिमा चौधरी दितिय र आशा चौधरी तृतिय भएका थिए । त्यस्तै दृष्टिविहिन पुरुष सटवल प्रतियोगितामा प्रविन चौधरी प्रथम, दलबहादुर सुनार दितिय र दुर्गा चौधरी तृतिय भएका थिए ।

शारीरिक पुरुष १०० मिटर ह्वीलचियर दौड प्रतियोगितामा विरेन्द्र रोका प्रथम, विरबहादुर रेउले दितिय र महाविर रोका तृतिय भएका थिए भने महिला १०० मिटर ह्वीलचियर दौड प्रतियोगितामा नानुमाया खनाल प्रथम र नन्द कुमारी दितिय भएका थिए ।

बहिरा तर्फको १०० मिटर दौड प्रतियोगितामा सुरज चौधरी प्रथम, भुपेन्द्र वली दितिय र मोहन थापा तृतिय भएका थिए भने महिला १०० मिटर दौडमा जमुना भण्डारी प्रथम, प्रमिला बुढामगर दितिय र एलिना श्रेष्ठ तृतिय भएका थिए । त्यसै गरी बोद्धिक अपाङ्गता महिला तर्फ ६० मिटर दौड प्रतियोगितामा कल्पना वि.क. प्रथम, यमुना भण्डारी दितिय र जमुना चौधरी तृतिय भएका थिए साथै बौद्धिक पुरुष तर्फको ६० मिटर दौड प्रतियोगितामा दिपेश थापा प्रथम, सुनिल श्रेष्ठ दितिय भएका थिए भने कुमार भण्डारी तृतिय भएका थिए ।

प्रतियोगितामा प्रथम दितिय र तृतिय हुने खेलाडीहरुलाई बधाई दिदै प्रमुख अथिति एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीले मिडल तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो भने कार्यक्रमको संचालन महासंघका सचिव श्रप्रसाद श्रेष्ठले गरेका थिए ।