इन्द्रेणी संवाददाता
दाङ, ३१ जेठ । हिमालय तथा शान्ति विकास अभियान ‘हिपडेक’ ले विभिन्न वाध्यताले अर्काको घरमा श्रमिक भएर वसेका वालवालिकाहरुलाई उद्धार ग¥यो । उनीहरुलाई उद्धार मात्रै होइन पुर्नस्थापना ग¥यो । त्यति मात्रै होइन पुर्नस्थापनापछि ती बालकालिकाहरुको सहजहोस् भनेर आयआर्जनका लागि प्रतिबालबालिका १५ हजार रुपैयाँ पनि सहयोग गरेको छ ।

IMG_20170614_163159त्यो १५ हजार रुपैयाँबाट उनीहरुका अभिभावकहरुले कतै किराना पसल गरेका छन् भने कतै बाख्रा र वंगुर पालन गरेका छन् । त्यसबाट आएको आयबाट बालबालिकाको शिक्षालगायतको क्षेत्रमा पुगेको उनीहरुका अभिभावकहरु बताउछन् ।

साविक सौडियार गाविस वडा नं. ६ पर्साकी सिर्जना श्रेष्ठलाई करीव दश महिना पहिले हिपडेकले घोराही बजारबाटै उद्धार गरेर परिवारमा पुर्नस्थापना ग¥यो । अहिले उनी जयश्वर मावि राउत गाउँमा कक्षा ६ मा अध्ययनरत छन् । उनलाई संस्थालाई पुर्नस्थापनाको समयमा दिएको १५ बजारबाट दुई वटा वाख्रा किनिन् र अहिले पाँच वटा भएका छन् । त्यो नै अहिले उनको अध्ययनको सहारा पनि बनेको छ । सोही ठाउँकी अञ्जना विक पनि उद्धार भइन उनलाई पनि १५ हजार रुपैयाँ संस्थाले दियो । त्यसबाट दुई वटा बाख्रा किनिन र अहिले तीन वटा भएका छन् । कक्षा ५ मा अध्ययनरत विकको ती वाख्रा पनि आयआर्जनको स्रोत भएका छन् ।

यसैबीच घोराही उपमहानपालिका र युनिसेफको सहयोगमा सञ्चालित सो कार्यक्रमको बुधवार अनुगमन गरिएको छ । जिल्ला प्रशासन, घोराही उपमहानगरपालिका, जिल्ला जनस्वस्थ्य कार्यालय, महिला तथा वालवालिका कार्यालय, जिल्ला शिक्षा कार्यालय, वडा प्रहरी कार्यालयलगायतका प्रमुख तथा प्रतिनिधिहरु सञ्चारकर्मीहरुको टोलीले सौडियोर–६ पर्सा र घोराही नगरपालिकाको वसपार्क नजिक दलित वस्तीमा पुर्नस्थापना गरिएका वबालबालिका र उनीहरुका अभिभावकहरुलाई उपलव्ध गराइएका सहयोगको उपलव्धीहरुको अनुगमन गरिएको हो । सो अवसरमा संस्थाका अध्यक्ष विकिरण गौतमले संस्थाले नगरपालिकालाई वालमैत्री बनाउन लामो समयदेखि वालश्रमिकको उद्धार र पुर्नस्थापना गर्दै आएको र पुर्नस्थापनापछि उनीहरुको आयाआर्जको लागि प्रतिबालबालिका १५ हजार रुपैयाँ दिदै आएको बताए ।