घोराही, ३० जेठ । नेकपा माओवादी केन्द्रले जिल्लाब्यापीरुपमा चुनाव प्रचार तीब्र बनाएको छ । जिल्लाका एक सय वडामा नै चुनावी अभियान तीब्ररुपमा अघि बढिरहेको निर्वाचन परिचालन समितिका संयोजक निर्मल आचार्यले जानकारी दिए ।

19190806_10211485926417593_1523727837_nराप्ती गाउँपालिकाका सबै वडामा घरदैलो चलिरहेको माओवादी केन्द्रले जनाएको छ । अध्यक्षका उम्मेदवार श्यामेश चौधरी र उपाध्यक्षका उम्मेदवार भगवता अधिकारीसहित सबै उम्मेदवार घरदैलो र चुनावीसभामा लागेको राप्ती गाउँपालिका निर्वाचन परिचालन समिति संयोजक लुमबहादुर कार्कीले जानकारी दिए । किसानहरु खेतबारीमा व्यस्त हुने भएकाले उनीहरुलाई पायक पर्ने समयमा चुनावीसभा र बाँकी समयमा घरदैलो सञ्चालन गरिएको उनले बताए ।

त्यस्तै लमहीमा घरदैलो जारी रहेको निर्वाचन परिचालन समिति संयोजक इन्द्रजीत चौधरीले जानकारी दिए । दिउँसो दरदैलो र साँझको समयमा वस्तीस्तरीय सभा गरेर चुनाव प्रचार तीब्र बनाइएको उनले बताए । लमहीमा माओवादी केन्द्रले प्रमुखमा द्रौपदा पौडेल र उपप्रमुखमा कालुराम चौधरीलाई अघि सारेको छ । घोराही उपमहानगरले कतै घरदैलो र कतै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको उपमहानगर अध्यक्ष विश्वराज आचार्यले जानकारी दिए ।

वडा नम्बर १४ र १५ ले घोराही बजारमा घरदैलो गरेका छन् । वडा नम्बर १४ मा वडा अध्यक्षका उम्मेदवार शक्तिराम डाँगी तथा वडा नम्बर १५ मा वडा अध्यक्षका उम्मेदवार प्रवीण शर्मासहितका सबै उम्मेदवारसहित ¥यालीकै रुपमा घरदैलो जारी राखेको उनले जानकारी दिए ।

वडा नम्बर ८ ले भने मतदाता शिक्षा सञ्चालन गरिएको माओवादी केन्द्रले जनाएको छ । आफ्ना मतदातालाई मतदान गर्ने तरीका सिकाउन यो कार्यक्रम गरिएको निर्वाचन परिचालन समिति संयोजक सुशीला शर्माले बताए । वडा अध्यक्षका उम्मेदवार पिताम्बर ओलीसहित सबै उम्मेदवार र नेता कार्यकर्ता मतदाता शिक्षा र घरदैलो जुटेको उनले जानकारी दिए ।