शंकर केसी
सल्यान, ३० जेठ । सल्यानमा आमा पोइल हिडेपछि ढाइ वर्षिय नावालकको विचल्ली भएको छ । ‘एकछिन् निदाए पनि राती ब्युझीएर आमा खोज्दै धुरु धुरु रुन्छ,’ सल्यान किमुचौरकी शान्ति रोकाले भनिन्– ‘ढाइ वर्षको मेरो नाती उमेशलाइ छाडेर आमा पोइल गएपछि अहिले नातीको विचल्ली भएको छ ।’
आमा दोस्रो विहे गरेर गएपछि नाती उमेशलाई स्यहारदै हजुरआमा शान्ति रोका
जिल्लाको कपुरकोट गाउंपालिका वडा नम्बर ४ निवासि खुमा अर्कै केटा संग भागेर विहे गरेपछि नावालक उमेश विचल्लीमा परेका हुन् । वालकका हजुरबुवा महाविर रोकाले आमाको काखमा खेल्ने, खाने र रमाउने उमेरमा निष्ठुरी मन गरेकी बुहारी अरु संगै भागेर गएपछि अहिले नातीलाइ भुलाउन गाह्रो भइरहेको जनाए ।
उनले भने– ‘छोरो विदेशमा छ, वुहारी अन्तै पोइल गइ, नाती आमा सम्झदै रुन्छ, उसलाइ देखेर हाम्रो पनि आंखाबाट आंशु झरिदिन्छ ।’ नातीको स्याहार, सुसार, लालनपालन, शिक्षा, दिक्षा लगाएतका कुरामा असर पर्ने भन्दै उनले खुमालाइ पापी आमाको संज्ञा दिए ।
घरपरिवारमा भैm–झगडा केहि नभएको भए पनि आफुहरुको सोझोपनको फाइदा उठाएर मोवायल फोनको गलत प्रयोग गरि बुहारी अन्तै पोइल गएको महाविरको बुझाइ छ । छोरो विदेश भएको मौकामा बुहारिले वेलावेला फोनमा अरु संगै कुराकानी गर्ने र जिस्कने गरेको संका शान्ति र महाविरको थियो ।
धेरै दिनको संका पछि एक दिन सासु शान्तिले बुहारीको अरु कसैसंग मोवायलमा कुरा भइरहेको अवस्थामा मोवायल फोन खोसिदिइन् । र मोवायलमा दाङ स्थीत एक जना केटा संग विभिन्न कुराहरु भएको रेकर्ड पनि फेला पारिन् । त्यसको दुईतीन दिन पछि गत जेठ ६ गते खुमा दाङ घोराहि उपमहानगरपालिका निवासि लिल बहादुर बुढाथोकी संग नावालक छोरालाइ समेत छाडेर पोइल हिडेकी थिइन् ।
उनले मोवायलमा दिन प्रतिदिन कुरा हुंदै जांदा विहे गर्ने सम्मको कुरा चलेपछि आफु भागेर गएको जनाइन् । उनले भनिन्– ‘श्रीमानले विदेशबाट खर्चपर्च पनि पठाइदिन्थे तर मोवायलमा दाङका लिल बहादुरसंग कुराकानी हुनथालेपछि अरु केहि ख्याल नगरेर उ संगै गएं ।’ कपुरकोट गाउंपालिका ३ मुलपानी भन्ने ठाउंमा माइती घर भएकी खुमाको विक्रम संवत् २०७० असोज १४ गते किमुचौरका तिलक रोका संग विहे भएको थियो ।
१५ वर्षको सानो उमेरमै विहे गरेकी खुमाले १६ वर्षकी हुंदा छोरा जन्माइन् । र अहिले १८ वर्षकी हुंदा उनी पहिलो घरबार त्यागेर अर्काे विहे गरिन् । एक अर्कालाइ राम्रो संग नबुझेर सानै उमेरमा विवाह गर्दा यस्तो समस्या आएको कपुरकोट गाउंपालिका ३ का वडाअध्यक्ष मिन बहादुर सेनले जनाए ।
उनले भने– ‘आत्मनिर्भर नभएरै सानो उमेरमा विवाह हुंदा रोजगारीको लागी श्रीमान विदेश लगाएतका ठाउंमा जानुपर्ने, यता घरमा मोवायल, फेसबुक जस्ता सामाजिक संजालको गलत प्रयोग र लहैलहैमा लागेर श्रीमती अरु संगै लालायीत भएको देखियो ।’ वालविवाहलाइ रोक्न सक्ने हो भने पनि यी लगाएत यस्तै प्रकारका धेरै समस्या उत्पन्न नहुने उनको बुझाइ छ । र उनले वालविवाह न्युनिकरणका लागी आफुले विशेष अभियान चलाउने पनि जनाएका छन् ।