तुलसीपुर ३० जेठ । तुलसीपुुरका व्यबसायी राजकुमार श्रेष्ठका अपहरणकारी बारे आबश्यक सुचना दिने ब्यक्तिलाई प्रहरीले एक लाख पुरस्कार दिने घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरज प्रताप सिंहले श्रेष्ठ सहित अपहरणमा परेका रण बहादुर घर्तीका अपहरणकारीका बिषयमा आबश्यक सुचना दिने ब्यक्तिलाई पुरस्कार दिने घोषणा गरेका हुन् ।

19125209_737597259761537_1947466219_oप्रहरीले अपहरणमा संलग्न भएको भनी दुई व्यक्तिको स्क्याच पनि सार्बजनीक गरेको छ । स्केचको टिम बोलाएर अपहरणमा संलग्नहरुको स्केच तयार पारिएको छ ।

यसैबीच मध्यपश्चिम प्रहरि प्रमुख डिआईजि बिजय कायस्थले तुलसीपुरका ब्यवसायी राजकुमार श्रेष्ठका बारेमा चाडै सत्य तत्थ्य बाहिर आउने बताएका छन् । रिपोटर्स क्लब नेपाल दाङले मंगलबार तुलसीपुरमा गरेको साक्षात्कारमा डिआईजि कायस्थले श्रेष्ठ घटनाका बारेमा सुक्ष्म अध्यण भै रहेको भन्दै दुई चार दिनमै सत्य तत्थ्य बाहिर आउने बताए ।