काठमाडौं, ३० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी आज मंगलबार स्विजरल्यान्ड भ्रमणमा जाँदैछन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्यान्डको जेनेभामा आयोजना गर्न लागेको वल्र्ड अफ वर्क समिटु मा भाग लिन राष्ट्रपति त्यसतर्फ जान लागेकी हुन् ।
संयुक्त अरब इमिरेट्स हुँदै राष्ट्रपति नेतृत्वको ११ सदस्यीय टोली जेनेभा जान लागेको हो । राष्ट्रपति भण्डारी अपराह्न ५ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।