काठमाडौं, २९ जेठ । नेपाल पत्रकार महासंघले पत्रकारिता त्यागेर मात्रै स्थानीय तहको चुनावमा लड्न पत्रकारहरुलाई आग्रह गरेको छ ।

Fnj-Dangमहासंघको सचिवालय बैठकले पत्रकार महासंघको कुनै पनि तहमा कार्यसमितिको पदाधिकारी वा सदस्य रहेको व्यक्तिलाई पत्रकारिता त्यागेर मात्र चुनावमा उम्मेदवार बन्न आग्रह गरेको हो ।

महासंघको विधानमा पनि कार्यसमितिका पदाधिकारी वा सदस्य रहेको व्यक्ति राजनीतिक दलका तर्फबाट चुनावमा उम्मेदवार हुन राजीनामा गर्नुपर्ने प्रावधान रहेकाले त्यसको पालना गर्न महासंघले आग्रह गरेको हो ।

यस्तै, राजीनामा नगरी उम्मेदवार भएका र हुनेहरुको कार्य समितिको पद स्वत रिक्त भएको मानिने महासंघले जनाएको छ । यस्तै महासंघले कार्यसमितिबाहेक अरु पद वा साधारण सदस्य रहेका व्यक्तिले राजनीति र पत्रकारिता एकसाथ गर्दा स्वार्थ बाझिने भन्दै नैतिक रुपमा महासंघको सदस्यता तथा पत्रकारिताबाट अलग भएको घोषणा गर्न पनि आह्वान गरेको छ ।