kpoliकाठमाडौं, २४ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएयता ‘विशिष्ट’ व्यक्तिको भ्रमण खर्च र नेता/कार्यकर्ताको उपचारमा राज्यकोषबाट करोडौं रुपैयाँ खर्च भएको छ ।

प्रधानमन्त्री ओलीदेखि मन्त्री, सांसद, प्रशासक, राजनीतिक दलका नेता/कार्यकर्तालगायतले स्वदेश तथा विदेश भ्रमण र उपचार खर्चबापत ७ महिनामा १० करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन् ।

भारत र चीनको राजकीय भ्रमणमा मात्रै प्रधानमन्त्री, मन्त्री तथा दलका नेता/कार्यकर्ताले राज्यको ढुकुटीबाट करिब ७ करोड रुपैयाँ खर्च गरेका छन् ।

एक दर्जनभन्दा बढी मन्त्री तथा प्रशासकहरुले विदेश भ्रमण गर्दा २ करोड रुपैयाँभन्दा बढी रकम बुझेका छन् । आजको कारोबार दैनिकमा खबर छ ।