घोराही, २२ जेठ ।नेकपा माओवादी केन्द्र राजपुर गाउँपालिकाले राजपुर ७ सिक्टामा चुनावी जनसभा गरेको छ । सभालाई सम्वोधन गर्दै पोलिटब्यूरो सदस्य नारायण शर्माले दाङका नाका क्षेत्रजस्तै पिछडिएका क्षेत्रलाई घरआँगनमै सत्ताको अधिकार पु¥याउन स्थानीय तहको पुनर्संरचना गरिएको बताए । स्थानीय तहमा अब पूरै सत्ता सञ्चालन हुने जानकारी दिंदै उनले यो जनयुद्ध र जनआन्दोलनको उपलब्धि भएको बताए ।
राज्यपुनर्संचनाकै लागि माओवादीले जनयुद्ध गरेको र त्यसकै फलस्वरुप अहिले उपेक्षित वर्ग, क्षेत्र र जातिले अधिकार पाएको बताए ।
पोलिटब्यूरो सदस्य लीला शर्माले आफू झण्डै एक महिनादेखि राजपुरको चुनावी अभियानमा खटेको उल्लेख गर्दै यहाँका पीडा जिल्ला मात्र होइन देशले नै बुझनलायक रहेको बताए ।
कर्णालीबासीले भन्दा पनि धेरै पीडा नाका क्षेत्रले भोगिरहेको उल्लेख गर्दै शर्माले अब स्थानीय तहमा जनप्रतिनिधि आएसँगै विकास निर्माणमा लहर ल्याउनुपर्ने बताए ।
केन्द्रीय सदस्य निर्मल महराले नाका क्षेत्रमा विकास निर्माण केन्द्रित गर्नुपर्ने बताऐ । नाका क्षेत्रले अहिलेसम्म विकास नपाएको उल्लेख गर्दै उनले यी क्षेत्रमा विकास गर्दा जनतालाई राहत हुने र राष्ट्रिय पनि बलियो हुने उहाँले बताए ।
गाउँपालिका अध्यक्ष पदका उम्मेदवार श्यामबहादुर झाँक्रीको अध्यक्षतामा कार्यक्रम सञ्चालन वडा नम्बर ७ का अध्यक्ष पदका उम्मेदवार भीम ओलीले गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवार पुष्पा यादव पनि आफना विचार राखेका थिए । वडा नम्बर ६ का अध्यक्ष पदका उम्मेदवार श्यामबहादुर रोकाले स्वागत गरे । सो अवसरमा पदम खड्का, टेकबहादुर बिक, मदन कुमार, रेणु ओलीलगायतको नेतृत्वमा १ सय ५० बढी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।











