गोविन्द खड्का
दाङ २२ जेठ । बजारमा मापदण्ड विपरीत बनेका संरचनामा डोजर कसले लगायो ? भुस्याहा कुकुरको समस्या कसले समाधान ग¥यो ? यि दुवै प्रश्नको जवाफ तत्कालीन कार्यकारी अधिकृत तुफान सिंह केसी हो ।

पुर्व कार्यकारी अधिकृतको हैसियतले सार्वजनिक रुपमा देखिने गरेको सायदै होलान् । अरुले भेटेको हुन सक्छन् । मैले कहि कतै फेलापारेको छैन । कतै लेख रचनामा केसीलाई देख्न सकिन्न । कुनै संघ संस्थाको नेतृत्वमा भेट्न सकिन्न । यति भन्दैमा क्षमता विहिन होईन । उहा“को स्वभाव जन्यगुण हो ।

14484952_1757134147869445_5186642513439051906_n

सरासर गएर डोजरले शब्जीमण्डि आसपासको एउटा घरको पिलर ठोक्न लाग्यो । सडकमा अडिएर दुईतिन चोटि हानेपछि थर्कोले घरका मान्छे बाहिर आए । निकै भयानक दृश्य थियो । डोजरको बकेटमै कोचिन खोज्थे । प्रहरीको सहयोगमा उनलाई जान दिईएन । सडक मिचेर बनेका संरचना भएकाले गलत थिएन । नेतृत्व गरी पुगेका ईजिनियर रामधन श्रेष्ठलाई सम्झाउने प्रयास गरे । श्रेष्ठ नितिमा टसको मस भएनन् । त्यसरी अडिग रहेर सामना गर्दै आफै भत्काउने कागज गराए । त्यो तागत दिने भित्री शक्ति त्यहि कम बोल्ने नेतृत्व केसिकै थियो ।

पत्रिकामा फोटो वा क्याप्सन छापिएकै आधारमा कार्वाहि चल्थ्यो । कतै फोहर भयो, पशु चौपाएले ज्यादति गरे, यस्तै गुणासा आएपछि तुरुन्त सम्बोधन हुन्थ्यो । नगरे पछि कर्मचारीहरुले जवाफ दिनुपर्दथ्यो । धेरै पटक जानकारी लिदै गरेको बेलामा कार्यकक्ष मै भेटेको थिए । किन भएन ? किन उठेन ? यस्तै प्रश्न हुन्थे । अफिस आउने जाने बाटो दैनिक फरक पर्दथ्यो । त्यसको अर्थ रोपेका विरुवा, सडकमा भएका अनावश्यक संरचना लगाएतको अध्ययन थियो ।

भुस्याहा कुकुरको समस्याले सिंगै घोराही बजार त्रसीत थियो । गौरी संकर ओभर सिजका यादव सैघालि लगाएतले मर्निङ वाक गर्दा मेनरोड नपुग्दै डराउथे । भरतपुर तिरको क्षेत्रलाई रोेजेका थिए । कुकुरको टोकाई बाट ठुलै आर्थिक र मानसीक क्षेती भएको थियो । धेरैले मर्निङ वाक स्थगित गरेको सुनाउथे ।

भुकेर सताउन थालेपछि ईटा ढुंगा छदमा जम्मा गरेर सुत्थे । जति बेला भुक्न आउथ्यो त्यसै बेला माथी बाट खसालेको प्रसंग मेवाड आईसक्रीमका ममता भण्डारीले धेरै पटक सुनाउनु भएको थियो । ‘कुकुरका कारण ढुंगा जम्मा गरेर सुत्छन नगरबासी’ भनेर समस्या सार्वजनिक गरीयो । गुलेलीले धपाएर रात कटाउने गरेको सिको फाईभ घडि पसलका ढुण्डिराज बुढाथोकी सुनाउनु हन्थ्यो ।

‘घोराहीमा फालियो होडिङ बोर्ड, तहलाउदै भस्याहा कुकुर’ भनेर समाचार लेख्दा पनि उपाए भेटिएन । ‘सडक देखि सामाजिक सञ्जालमा तर्साउछन् कुकुर’ भन्ने लेख्नुप¥यो । नियन्त्रणको उपाए खोज्न फेसवुकलाई पनि उपयोग गरीयो । पत्रकार निमु संगम घर्ति लगाएत धरैले कुकुर बाट भोगेको पिडा पोखे । बन्ध्याकरण एउटा तरीका सार्वजनिक भयो । निकास भने निश्केन ।

maxresdefault

बन्ध्याकरणका लागि जिल्ला पशु सेवाकार्यालयले मागभएकै समयमा प्राविधिक जनशक्ति जुटाउन सकिन । नगरपालिकामा परिषदले व्यवस्था गरेको बजेट पनि फ्रिज भयो । ‘भुस्याहा कुकुरको बन्ध्याकरण नहुने’ शिर्षकको समाचार हाल्नुप¥यो । बजारमा कुकुरहरु बाक्लीने क्रम रोकिएन । ‘अध्यारोमा सडक छोड्दैनन भस्याहा कुकुरहरु’ यसरी पनि समस्या सुसुचित गराउनु प¥यो । कुकुरले लख्दा मोटर साईकल दुर्घटना परेका रेग बहादुर खत्रीको फोटो सहितको तस्विरले झन् आतंकित बनायो । ‘भुस्याहा कुकुरले घोराहीमा दुर्घटना’ भनेर प्रचार गरीयो ।
छाडा पशु चौपाया नियन्त्रण गर्न सजिलो थियो । बाख्रा छोपेर जरीवाना गरायो । भएका गाई जति ट्रकमा लोड गरेर जंगल पठायो । कुकुरलाई गर्न सकिने केहि थिएन । ‘गाई रिहार, बाख्रा र कुकुर घोराही बजार’ भनेर प्रचार गरियोे । कुकुरलाई छोपेर पनि फाईदा थिएन । जंगलमा छोड्दा पनि तुरुन्तै फर्किन्थे । उता बाघले खायो भने रेविज लाग्न सक्छ भन्ने अर्को डर थियोे । उचित उपाए फुर्दैन्थ्यो । पैसा कमाउन बाख्रा लैजान्छ गाई र कुकुरलाई सक्दैन भनेर नगरवासि आक्रोशित हुदै गए । ‘कुकुरको मुल्य तोक्नु प¥यो कि’ भनेर पाठक पत्र लेखेर दवाव दिए ।

‘सडक कुकुर र गाईगोरुको भयो’ सुन्दर बजारको हविगत यस्तो हुदै गयो । एकातिर हरीत नगरको अभियान तिब्र बनाईयो । त्यसमा लाखौ बजेट लगानी भयो । भद्रगोल र अस्त व्यस्त बजार देखिन लाग्यो । कुकुर टेकिएर टोक्छ कि ? गाई गोरुको मलमा चिप्लीएर पल्टीन्छ भन्ने त्रासै त्रासमा बजार यात्रा हुन्थ्यो । यस्तैमा अर्को तथ्यांक सार्वजनिक भयो ‘कुकुरलाई महामारी, तिन दिनमा १४ सिकिस्त’ धेरै जनालाई खुशि तुल्याएको थियो । यसले घर पालुवा कुकुरलाई मात्रै प्रभाव पा¥यो । अनुमान गरेजति भुस्याहा कुकुरको संख्यामा कुनै फेरवदल आएन ।

पहल नगरपालिकाले पनि गरीरहेको थियो । ‘घोराहीका भुस्याहा कुकुरलाई माईकिङ’ भनेर उतीवेलै छापिएको छ । त्यो सन्देशले आफ्ना कुकुर बाधेर राख्नुस भन्ने हो कुन गाउ बाट कसको कुकुर बजार पस्यो ? त्यसलाई घर फर्काउने र साधु बनाउने उपाए थिएन । बजार पसेर मनलाग्दो गर्न पाएको कुकुर साङलोमा बाधिएर घरमा बच्चाको दिसा खान फर्किएन । बजार गर्न आएका सित पसेको कुकुर फर्किने बेलामा कहिल्यै गएन । त्यसले व्यवारीसे भुस्याहा भयो ।

कुकुर मार्र्ने अन्तिम विकल्प थियो । त्यसलाई पशु अधिकार बादिले रोक्थे । शाखा अधिकृत सुवोध रेग्मीले सुनकाउनुहुन्थ्यो । पशु हत्या गर्न मिल्दैन । लिवाङमा कुकुर मारेपछि मद्धा परेको छ । जनश्वाथ्य कार्यालयमा जनार्दन गौतमलाई बुझ्दा त्यो विष बन्द भईसकेको रहेछ । मार्न पाईदैन बरु बन्ध्याकरण हुन्छ । टोकेपछि निशुल्क रेविज विरुद्धको सुई दिन्छौ भन्ने जवाफ दिनुभयो । दिन रात कुकुरले सताएको समस्या कतै वाट पनि सुनुवाई हुन सकेन । सबै गतिविधीहरु एक पछि अर्को सार्वजनि हुदै ‘भेटिएनन भस्याहा कुकुर बचाउने पशु अधिकार बादी’ भनियो । सबैतिर बाट नगरपालिका सफल हुदै थियो । ‘घोराही नगरपालिकाले डोजर लायो, सडकमा थुपारेको सामाग्री सफा नहुदा सम्म नरोकिने’ यसरी प्रभावकारी बन्यो । सफा अभियानमा ‘घोराही सफा हुदै नक्सा हेर्दै संरचना भत्काउदै’ भनेर प्रशंसा पाएको थियो । अभियान थाल्दा ‘सडकको निर्माण सामाग्री हटाउन व्यक्ति पिच्छे भेट’ गरिएको थियो । अटेर गर्नेहरुको डोजरले उखेर्न थालेपछि ‘अनुरोधमै हटाईए बजारका मापदण्ड विपरीतका संरचना’ मा विकास भयो । त्यस बेलाका बन्द हड्तालले केहि समस्या सिर्जना गरेका थिए ।

‘भुस्याहा कुकुरलाई बाई बाई’ शिर्षकको आलेख पछि बजार बासीले राहतको महशुस गरे । अब दुई बर्ष पुग्नै आटेको छ । कुकुरले गरेका बिढंगका सवाल सुन्नु परेको छैन । त्यता कसैको ध्यान छैन । गल्ती बजार बासीको पनि थियो । ‘भुस्याहा छाडा कुकुर बजारबासी पाल्छन्’ भनेर टिप्पनी गरीएको थियो । यसको मतलब फोहर जथाभावि फालेर आहारको सुविधा दिन्थे । त्यसरी अप्रत्यक्ष रुपमा सहायता दिएकोले पनि होला ‘कुकुरले सताए, भेटिएन नियन्त्रण गर्ने उपाए’ भनियो । ‘चोकै पिच्छे भुस्याहा कुकुर, गुणासा धेरै उपाए सुन्य’ भनेर सरोकार वालाका भनाई समेटियो ।

‘पशु सेवा कार्यालयलाई पचास साठिहजार दिएर गरौ भन्दा आ“ट्न सकेन’ घोराही नगरपालिकाका तत्कालीन कार्यकारी प्रमुख तुफान सिं केसीले भन्नुहुन्थ्यो, ‘थोरै रकमले कुकुर कुकर्नी सबैलाई बन्ध्याकरण गर्न नसकिने भयो ।’ अर्को निराशाको सन्देश बाहिर आयो ‘कुकुर बन्ध्याकरण गर्न बजेट पुगेन’ उता राप्ती उपक्षेत्रीय अस्पतालमा विरामीको चाप खोजिभयो । ‘रेविज सुईलाउने दैनिक दश जना, अधिकांश कुकुरले टोकेका’ भनेर सार्वजनिक गरेपछि सबैको सरोकारको विषय भयो । पसु सेवा कार्यालयले निशुल्क शिवीर चलायो । ‘घरपालुवा कुकुरलाई सुई, छाडा कुकुर उस्तै’ भनेर भुस्याहाको समस्या यतावत रहयो । ‘भुस्याहा कुकुर छोप्ने व्यक्ति भेटिएनन्’ बन्ध्याकरणको लागि आवश्यक प्राविधिक जनशक्तिको पनि अभाव देखियो ।

अन्तत भुस्याहा कुकुरहरु गायव भए । कहि कतै मरेका कुकुर फेला परेका थिए । नत्र रातारात कुकुरहरु हप्तादिनमै मासिए । निर्धक्क हिड्ने वातावरण बन्यो । डेढ बर्ष नाघि सक्दा पनि समस्या आएको छैन । यो सजिलोका लागि अधिकृत केसिलाई नगर वासीले सम्झिएका छन् । सबै ठाउ“मा सफल हुनुभयो, कुकुरले जित्यो भनेर रविन केसि, नरेन्द्र पुन लगाएतले सुनाउनुहुन्थ्यो । मैले पनि ग्लानी महशुस गरेको थिए“ । कुकुर हराएपछि न्याए पाएको महशुस गरेको छु ।

उनकै पालामा ठुलै दुई समस्या समाधन भए । मापदण्ड विपरीतका भ¥याङ हटे । बलिभद्र राणा मेयर हुदा बाहेक अरुले त्यसरी संरचना भत्काएको भेटिन्न । देश भरकै पहिलो कर्मचारी हुनुपर्छ । समस्या पर्दा जननिर्वाचित होईनौ हजुर भन्दै काईतेकुरा लाएर पन्छिेन्थे । तर केसिको कार्यकालमा त्यसरी जिम्मेवारी नलिएको घटना मलाई याद छैन । यद्यपी कार्यन्यन गर्ने अहिलेकै टिम हो । प्रेम केसि, विर बहादुर वली, नरेश कार्कि लगाएत पुरै कर्मचारीटिम खटियो । अहिले पनि अहोरात्र काममै छ । प्रतिफल देखिने काम केसिकै पालामा गरेकाले ईतिहास बनेको छ ।