माधव बेल्वासे
चन्द्रौटा२२ जेठ । नेपाली काग्रेस निकट तरुण दल कपिलवस्तुका जिल्ला सचिव अमर पौडेल स्थानिय तहको चुनावमा विजयनगर गाउँपालिकाको उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवार दिने भएका छन ।लामो समयदेखि नेपालि काग्रेस का भातृ संगठनमा राजनीति गर्दै आएका युवा नेता पौडेलले पछिल्लो समयमा यस्तो निर्णय निकाल्न वाध्य भएका हुन ।
जिल्लाको विकट ठाउ तथा सुदुरपश्चिम क्षेत्रमा ७ वर्षदेखि समाज सेवामा काम गर्दै आएका पौडेल जनतासग प्रत्यक्ष रुपमा नजिक भएका हुन । वाल्यकाल देखिनै थारु,मुस्लिम,मधेशि र पाहाडि समुदाय सग नजिक हुदै आएका पौडेल चुनाव लड्ने भएपछि उनका सर्मथकहरु उत्साहित भएका छन । जनताको हक अधिकारको लागी काम गरेका नेता पौडेल गाउपालिकाको उपप्रमुखमा प्रतिस्पर्धा गर्ने भएपछि उनका सर्मथक माझ खुशि छाएको छ ।
शिक्षा स्वास्थ्य वालवालिका र खेलकुदको क्षेत्रमा युवाहरुलाई एकजुट वनाई समाज परिर्वतन गराउन पौडेलले ठुलो भुमिका खेलेका छन । सामाजिक काम गर्दा जनताको समस्याहरुलाई नजिकवाट आफुले नियाल्न सकेको ले जनताको भवना वुझि काम गर्ने उद्देश्यले आफु चुनावि मैदानमा उत्रेको पौडेलको भनाई छ ।जनताले अहिले कुनै पार्टि नहेरि काम गर्ने सक्ष्ँम व्यक्तिलाई जिताउने भएकोले पार्टि भन्दा माथि उठेर चुनावमा लडने तयारिमा रहेको उनले वताए । जनताले आफलाई जिताउन प्रयास गर्ने पौडेलले विश्वास लिएका छन ।पौडेल कपिलवस्तु क्षेत्र न ५ नेविसंघ पुर्व सभापति पनि हुन ।
