दाङ, २० जेठ । दाङको नारायणपुरमा एक मोटरसाईकलमा आगलागी भएको छ । मोटरसाईकल स्टार्ट गर्नका लागि किक हान्दा शुक्रबार साँझ ८ बजेतिर मोटरसाईकलमा आगलागी भएको हो ।

घोराही उपमहानगरपालिका १० निबासी मान बहादुर बोहराको रा २ प ३०१२ नम्बरको मोटरसाईकल स्टार्ट गर्न खोज्दा आगो लागेको प्रहरीले जानकारी दिएको छ ।
बोहराले त्यसभन्दा पहिला उक्त मोटरसाईकलको स्ट्यान्ड बेल्डिङ गरेको ईलाका प्रहरी कार्यालय नारायणपुरले जानकारी दिएको छ । बेल्डिङ गर्दा तापले वाईरिङमा समस्या भएको हुन सक्ने र पछि किक हान्दा त्यँहीवाट आगो सल्किएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगाले गर्दा मोटरसाईकल पुर्ण रुपले क्षति भएको प्रहरीले बताएको छ ।











