के.वि.मसाल
आजभोली आँपको सिजन त होइन, तरपनि बजारमा आंप आउन थालेको छ । आँपको स्वाद सबैलाई मन पर्दछ । बिक्रिको लागी बजारमा राखिएका आँपको बारेमा हामी कतिविज्ञ छौ । आँपको जात के हो ? अहिले पाक्न पर्ने हो ? कसरी पकाइएको हो ? अनि यसले फाइदा हुन्छ वा वेफाइदा ? यि कुराहरुको ख्यालै नगरी हामी आँप देख्नसाथ किन्ने गर्दछौ । आँपको बारेमा जानिराखौ अनि यसको स्वाद मज्जाले लिनेगरौ । नत्र स्वादको लागी आपं खादा यसले नयाँ रोग ल्याउनाको साथै ज्यानै जाने खतरा समेत हुन्छ है !
आंपका पारखीले आ–आफ्नो स्वादका अनुभव बताउने गर्दछन । खादाखेरी मिठो मानिने हुदा आँपको फललाई राजा पनि भनिन्छ । मिठो आँपलाई अमृत पनि भन्ने गरिन्छ । आयुर्वेदमा उल्लेख गरिए अनुसार आँप काचो होस अथवा पाकेको किन नहोस दुवैमा औषधीको गुणहुन्छ । आँपको बोटका सबै काण्ड अर्थात बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउदछ । आँपको फाइदाको बारेमा आयुर्वेदमा पाकेको आँपमा वीर्यवर्धक, पौष्टिक, वायुनाशक, शितल र पित्तनासक हुन्छ भनिएको छ । नित्य आँपखानाले भोकपनि बढछ । यसले मुटू र पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्दछ । आँप कफवर्धक पनि हो । आँपको सेवनले अनुहारको चाउरीपन समेत हटाउन सहयोग पु¥याउछ ।
खाद्य प्रयोगशालाको अध्ययन अनुसारपाकेको आँपमा प्रोटिन, खनिज पदार्थ, वोसो, कार्बोहाइड्रेट, क्याल्सियम, र फोस्फोरस पाइन्छ । आँपमा भिटामिन ए,बी र सी को तत्वपनि रहेको हुन्छ । आँपको मुख्य घटक सर्करा हो । जुन फलहरुमा ११ देखि २०% सम्म हुन्छ । आँपमा चिनीको मात्रा ६.७८ देखि १६.९९ % रहेको हुन्छ । त्सैगरी ग्लुकोज र अन्य सर्करा भने १.५३ देखि ६.१४ % सम्म पाइन्छ । आँपमा टार्टरिक र मेलिक अम्लसमेत पाइन्छ । आँपमा प्रोटिन ९.६, बोसो ०.१, खनिज पदार्थ ०.३ रेसा १.१ फोस्फोरस ०.०२ र फलाम ०.३ प्रतिशत रहेको हुन्छ । एकसय ग्राम आँपमा करिव ९० क्यालोरी शक्ति आँपमा पाइन्छ । नेपालमा आँप तराई देखि पहाड सम्म सामुन्द्रिक सतहदेखि ३ हजार फिटको उचाईको भू–भागमा आँपको बोट हुन्छ । स्थानीय जात देखि लिएर आजभोली कलमे आँपको खेतिगर्ने प्रचलन पनि सुरुवात भएको छ ।
आँप नेपालमा मात्र होइन संसारको सवै मुलुकमा पौष्टिक फल मानिन्छ । खादा निकै स्वादिलो मानिने आँप मिठोमात्र होइन शरिरलाई फाइदा जनक पनि मानिन्छ । आँप बोटमानै पाकेरपनि खान सकिन्छ । तर यस फललाई टिपेर भण्डारगर्दापनि आफै पाक्दछ । आँपलाई छोपेर, अथवा बोरामा राखेर भण्डार गर्नाले त्यसले उत्पादन गर्ने एथिलिन ग्यासले आाप आफै पाक्दछ । स्थानीय तवरबाट आँपलाई चाडै पकाउन प¥यो भने बोरा अथवा भुसमा समेत मा राखेर एथिलिन ग्यासलाई फैलिन नदिएर पनि चाडै पकाउने काम गरिन्छ । यो स्थानीय प्रविधिमा रसायन हुदैन,जसले गर्दा आँपखादा मानव शरिरमा कुनै हानी नोक्सानी हुन पाउदैन । तर आजभोली बेसिजनमा वजारमा पाइने आँपहरु अप्राकृतीक रुपले पकाएर विक्रिको लागी राख्ने गरिन्छ । प्राकृतीक रुपले पाकेको आँप खादा अमृत बन्ने फल,अप्राकृतीक रुपले पकाएपछि त्यो आफैमा हानीकारक बन्न जान्छ । आँपलाई चाडो पकाउन क्याल्सीयम कार्बाइडजस्ता अखाद्यबस्तु राखी पकाउनाले अमृत फललाई विषमा परिवर्तन गराई दिन्छ । जुन फल हामीहरुले किनेर खाने गरेका छौ ।
नेपालमै सबभन्दा बढी उत्पादन हुने जिल्ला सिरहा र सप्तरीमा आँप अहिले रुखमै छन् । आपको सिजन नै नआएको समयमा व्यवसायीले भारतको विहारबाट काचो आप मगाई त्यसमा पाक्नका लागि जनस्वास्थ्यका लागि हानिकारक कारवाइड प्रयोग गरी बिक्रि गर्ने गरेका छन । कारवाइड प्रयोग गरिएको आँप खादा छालाको रोग, पेट दुख्ने, वान्ता हुनेलगायत अन्य शारीरिक समस्या उत्पन्न हुने चिकित्सक बताउछन् । बजारमा अहिले बिक्रि हुने आँप खान नहुने चिकित्सकको सुझाव रहेको छ । सडक यातायात पुगेपछि आजभोली वेसिजनका आँपहरु प्रत्यक जिल्लामा पुग्ने गरेका छन । क्याल्सियम कार्बाइड राखेर पकाएको आँप वजारमा खुल्लारुपले विक्रि भै राखेको छ । स्वादको लागी आँप खानेहरुले आफ्नो स्वास्थ्यको ख्याल राख्न सकेको देखिदैन । कार्बाइड नामक रसायन काचोआँपमा राख्नाले २४ घण्टामा आँप पाक्दछ । जुन कारणले आँपका व्यापारीहरुलाई फाइदा पु¥याउछ । प्राकृतीक रुपले आँपपाक्ने सिजन आजभोली नभएपनि चैत्र, वैशाख देखिनै त्यसरी कृत्रीम तरिका बाट पकाइएका आँपहरु वजारमा विक्रि हुदापनि स्थानीय प्रशासन मौन छ । कार्बाइड नामक रसायन राखेको आँप खादा पेट दुख्ने,वान्ताहुने जस्तोरागले आक्रमण गर्न सक्दछ । यतिमात्र होइन यस्तो आँप खानाले सामान्य असर देखि लिएर फोक्सो,मुटु,मृगौलाको स्वास्थ्यमा समेत ठूलो असर पार्दछ । गर्ववती महिलाले यस्तो आँप खादा कार्बाइडको असरले गर्भ तुहिने र क्याक्नस समेत हुने संम्भावना धेरै हुन्छ । यस्तो वेफाइदा हुने काबाइड राखेको खाद्यबस्तु बाट सबै भन्दा राम्रो उपाय हो नखानु । क्याल्सियम कार्बाइड राखेर पकाएको आँप सजिलै तरिका बाट पनि चिन्ह सकिनछ । आँपको सबैभाग एकनासले पहेलो भएको छ भने त्यो आँपमा कार्बाइड राखेको हो भन्नेकुरा जान्न सकिन्छ । किनकी प्राकृतीक रुपले पाकेको आँपमा फलको सबै भागमा एकनासको पहेलो अर्थात पाकेको रंङग देखिदैन ।
एमोनिया, सल्फरडाइअक्साइड, फस्पाइनलगायतका ग्यासले गर्दा नमिठो गन्हाउने क्याल्सियम कार्बाइडमा हानिकारक लिड, मर्करी, आर्सेनिक, फस्फोरस हाइडाइड जस्ता रसायन हुन्छ । मलखाद, क्याल्सियम साइनामाइड तथा स्टिल उद्योगमा यसको प्रयोग हुन्छ । कार्बाइडले शरिरमा भएको पानीसंग प्रतिक्रिया गरी एक प्रकारको क्षार बनाउछ । जसबाट श्वासनली, घाटी, आँखा र छालामा धेरैखालको समस्या देखापर्ने कुरा चिकित्सकहरु बताउछन । कार्बाइड राखेको बस्तु धेरै मात्रामा खादा यसले आँखापोल्ने, पाक्ने, रोगसुरु गर्दै आँखाको शक्ति नै गुमाइदिन सक्छ । केहि समय अगाडी भारतमा गरिएको एक सर्वेक्षण अनुसार ३५% क्याल्सियम कार्बाइड भएको हावामा २५ सेकेण्ड मात्र बस्दापनि असर देखाउछ । एक मिनेट बस्दा संक्रमण गर्दछ भने ५ मिनेट बस्दा विहोस बनाउछ र मृत्यु समेत गराउने सर्वेक्षणको रिपार्ट छ । मुसामा गरिएको त्यस प्रकारको अनुसन्धानले कार्बाइडको सेवनले फोक्सो र मृगौलामा धेरै असर पारेको देखाइएको छ । खाद्य बस्तुमा यस्तो घातक मानव स्वास्थ्यलाई प्रतिकुल असर पु¥याउने,स्वास्थ्यमा असर गर्ने हुदा विश्वमा धेरै मुलुकले यो रसायन राखेर पकाएका फलफूल बिक्रिगर्न प्रतिवन्ध गरेका छन । तर हाम्रो जस्तो देशमा न खानेमा प्राविधिक ज्ञान छ न सरकारलेनै यसवारे सोचेको छ ?स्वास्थ्य संग हामीले खेलवाड गरि राखेका छौ । एक पटक सोचौ त, खादा स्वादमात्र खोज्ने हो की ? जीवनको पनि ख्याल राख्ने यो आफैले छुट्टाउनुहोस ।
आँपलाई प्राकृतीक रुपले पाक्न दिएर खान सकियो भने यो अमृत पनि हो । त्यसैले गर्दा हाम्रो समाजमा आँपलाई फलहरुको राजापनि भन्ने गरिन्छ । वैज्ञानिकहरले आँप नियमित खानाले स्तन क्यान्सर बाट बच्न सकिने बताएका छन । अमेरिकाको टेक्टास एग्रीलाइफ रिसर्च सेन्टरका खाद्य वैज्ञानिकहरुले आँपको अनुसंन्धान बाट अन्य फलहरुको दाजोमा आँप स्तन क्यान्सर बाट बचाउ गर्नमा बढि फलदायी मानेका छन । यस्तै आँप छालाको चाउरीपन रोक्न पनि लाभदायीक मानिन्छ । आँपमा हानीकारक स्याचुरेटेड फयाट,कोलेस्टेरोल तथा सोडियमको मात्रा निकै कम हुन्छ । त्यसैले गर्दा यसमा फाइवर,भिटामिन बी भिटामिन ए भिटामिन सी प्रशस्त पाइन्छ । आँप खानाले अनेक किसिमको स्वास्थ्यमा फाइदा जनक पनि छ । दुव्लो पातलो मानिसहरुको लागी आँप फाइदा जनक मानिन्छ । यसले शरिरको तौल बढाउछ । आँपमा पोटासियम,म्याग्नेसियम तथा कपरजस्ता खनिज लवण प्रचुर मात्रामा पाइन्छ । साथै क्वारसिटिन,बिटाक्यारोटिन र एस्ट्राग्यालिनजस्ता शरिरलाई आवस्यक पर्ने पोषक तत्वपनि आँपबाट पाइने कुरा चिकित्सकहरु बताउछन ।
शरिरको रोग प्रतिराधि क्षमता बढाउन पनि आँपको सेवन लाभदायीक मानिन्छ । पाकेको आँपमा भिटामिन ए प्रसस्त पाइने भएकोले आँखाको लागि समेत निकै फाइदाजनक मानिन्छ । त्यसैगरी आँपमा भिटामिन इ समेत पाइने भएकोले यौन क्षमता समेतपनि बढाउने कुरा स्वास्थ्य विज्ञानले वताएको छ । अहिले नेपालको वजारमा भारतको हैदरावाद र अन्यआँप उत्पादन हुने प्रान्तहरु बट दैनिक हजारौ टन आँप भित्रीएका छन । यसरी आउने आँपका जातहरुमा दशहरी,तोतापैला,लाल,कपुरक गौरजित आदी कलमे जातका आँप आउछ । फलपूलको क्षेत्रमा वैज्ञानीकहरुले वेमौसमी फलहरमा आँपपनि उत्पादन गराएका छन । जुन भारतका कृषकहरुले वेमौसमी आँपको उत्पादन गर्ने गरेका छन । आँपको लागी नेपालको पूर्वी तराइका जिल्लाका कृषकहरुले पनि व्यवसायिक रुपले आापको खेतीगर्न थालेका छन । चाहे जहा उत्पादन भएर आउने आँप किन नहोस वजारमा व्यापारको लागी राखिएका आँप खरिद गर्दा एक पटक सोचौ ! यो कसरी पकाएको हो । खानलाई योग्य छ छैन । आँपको स्वाद लिने वेलामा आफ्नो स्वास्थ्यको पनि ख्याल राखौ ।