बर्दिया, १९ जेठ । चार जना महिलालाई भारततर्फ लैजाने क्रममा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
म्याग्दी बेनी नगरपालिका–१० बस्ने २६ वर्षीया सुन्तली परियारसहित चार जना महिलाहरूलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा बाँके खजुरा गाँउपालिका–९ सिन्दुरे बस्ने ३० वर्षीय धनबहादुर शाहीसमेत तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बढैयाताल गाँउपालिका–३ भोलागौडी स्थित खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुमा प्रहरीले अनुसन्धान थालेको छ ।