काठमाडौँ, १८ जेठ । निर्वाचन आयोगले भरतपुर नगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
आयोगको बुधबार बसेको बैठकले च्यातिएका मतको स्पष्ट यकिन विवरण प्राप्त नभएको भन्दै यस्तो निर्देशन दिएको हो । आयोगद्वारा जारी विज्ञप्तिमा उक्त घटनामा केही मतपत्र च्यातिएको भन्ने बेहोरा उल्लेख भए पनि के कति
सङ्ख्यामा मतपत्र नष्ट भएको भन्ने यकिन नभएको उल्लेख गरिएको छ ।
“गणना भएका तथा गणनाका क्रममा रहेका मतपत्र जहाँ जे जस्तो अवस्थामा थिए सोही अवस्थामा नै पोका पारी सिलबन्दी गरिराखेको भन्ने उल्लेख भएकामा सो महानगरमा उम्मेदवारी दिएका उम्मेदवार वा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको रोहबरमा खोली यकिन गरेर प्रतिवेदन पठाउन भनिएको छ”, आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत वैशाख ३१ गते सम्पन्न निर्वाचनको मतगणनाका क्रममा सो वडाको एक हजार ८०९ मत गणना भइसकेपछि उक्त घटना भएको थियो । गोरखापत्रमा खबर छ । सो घटना हुनुअघि भरतपुर महानगरका २९ वडामध्ये २७ वटा वडाको मत गणना सम्पन्न भइसकेको थियो ।
भरतपुर महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र०को संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी रेणु दाहाल तथा नेकपा ९एमाले०का उम्मेदवार देवी ज्ञवालीबीच तीव्र प्रतिस्पर्धा रहेको देखिएको छ ।
