काबुल, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलस्थित भारतीय दूतावास नजिकै बुधबार बिहान भएको शक्तिशाली वम विस्फोटनमा कम्तिमा पनि ८० जना मारिएका छन् ।

Kabul Blastयो घटनामा कम्तिमा ३५० जना घाइते भएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । समाचार एजेन्सीले अफगान स्वास्थ्य मन्त्रालयलाई उधृत गर्दै दिएको समाचार अनुसार अहिलेसम्म ६५ जनाको शव बरामद भइसकेको छ ।

यो विस्फोट भारतीय दूतावासबाट करिब डेढ किलोमिटरको दुरीमा ट्रकबाट गरिएको हो । तर पनि अहिलेसम्म यो हमलाको निशाना कसलाई बनाइएको हो भन्ने खुल्न सकेको छैन ।

समाचार अनुसार शक्तिशाली विस्फोटले त्यस क्षेत्रमा रहेका कयौँ देशका राजदूतावास र आसपासका अन्य कार्यालयका झ्याल ढोकाका शिशासमेत फुटेका छन् ।

यो आक्रमणमा कुन् समूह संलग्न थिए भन्ने खुल्न सकेको छैन । यो घटनापछि गृहमन्त्रालयले रक्तदानका लागि जनतालाई आह्वान गरेको छ ।

अफगान गृहमन्त्रालयले काबुलका बासिन्दालाई अस्पताल पुगेर रक्तदान गर्न अपिल गरेको हो ।

यो घटनापछि मानिसहरु सुरक्षा जाँच चौकीमा आफ्ना आफन्त खोज्न पुगेका छन् । अफगानिस्तानको तोलो न्यूज एजेन्सीका अनुसार हमलामा मारिएकाहरु धेरैजसो सर्वसाधरण नागरिक छन् । एजेन्सी