तुलसीपुर १७ जेठ ।  ग्वारखोलाबाट अवैध रुपमा वालुवा गिट्टी उत्खनन् र ओसार पसारमा सम्लग्न रहेका ५ वटा टिप्परलाई प्रहरीले नियणत्रणमा लिएको लाई नियणत्रणमा लिएको छ ।

tippar niyantran

सोमवार साँझपख तुलसीपुर उप–महानगरपालिका क्षेत्रको ग्वारखोलावाट उत्खनन् गरिरहेको अबस्थामा ती टिप्परलाई नियणत्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिए ।

उनका अनुसार ना ७ ख ४०००, ना ७ ख ४४०२, ना ७ ख २८९२, ना ७ ख ४४०१ र रा १ ख १२३२ नम्वरका ५ वटा ट्रिप्परलाई नियणत्रणमा लिईएको हो ।

ती ट्रिपरहरुले विकास निर्माणको काममा भन्दा पनि क्रसर उद्योगलाई उपलब्ध गराएर लाभ लिन प्रयोग भएको भन्दै नियणत्रणमा लिईएको एसपी सिंहको भनाई छ । नियन्त्रणमा लिइएका सबै टिप्परहरुलाई आवश्यक जरिवाना र कारवाहीका लागि जिल्ला समन्वय समिति दाङमा पठाइएको छ ।