गोविन्द खड्का
घोराही, १७ जेष्ठ । महिला हिंसा भनेको के हो ? तालिममा सहभागि हुनुअघि शिवा जिसीलाई थाहै थिएन । महिला तथा वालवालिका कार्यालय दाङले घोराहीमा दिएको सात दिने ‘समुदायमा अधारित संरक्षण प्रणालि तालिम’ समापन हुदाको दिन सोमवार सम्म फोज्दारी र देवानी मुद्धा हनेरहेछन् भन्ने जान्नुभयो ।

त्यस संगै महिला अधिकार र हक हितका विषय कानुनी उपाए पनि बुझ्ने अबसर मिल्यो । आन्तरीक मनमुटावका कुरा मिलाउन सकिने रहेछ । केहि कुरा सार्वजनिक गर्नुपर्ने र केहि गाप्य राख्नुपर्ने घटना हुदा रहेछन् । लेनदेन, मारकाट, हत्या हिंसाका मुद्धाहरु अबका दिनमा सेवा केन्द्रहुदै प्रहरी अदालत सम्म लैजाने जिसीको प्रतिबद्धता छ । सेवाकेन्द्रमा पिडित महिलालाई खानपीन, औषधोपचार र न्याउ पाउने ठाउ सम्म पहुच बनाउने सेवा मिल्छ भन्ने पनि थाह भयो ।

20170529_131232बालविवाह के हो ? निगरानी समुहको सदस्य हुदा समेत लक्ष्मी आचार्यलाई जवाफ आउदैन्थ्यो । तालिमले त्यसको जवाफ संगै दुवै पक्षका कुरा सुन्ने र आवश्यक सल्लाह दिने क्षमताको विकास समेत गराएको छ । त्यसरी केहि नजान्नेलाई तालिमले जिम्मेवारी काधमा हालिदियो भन्ने लागेको छ सिमा आचार्यलाई । अचार्यका अनुसार महिला अधिकारका केहि कुरा सिकाउन र पिडितलाई सम्वन्धीत ठाउमा लैजान सकेर सामाजमा जिम्मेवारी निभाउने हिम्मत दिएको छ ।

तालिम अबधि अति खुशि लागेको छ मिना बस्नेतलाई पनि । उहाका अनुसार आफुमा परेपछि काममा हात हालिन्छ र सिकिन्छ । बस्नेतलाई आफुले गरेका केहि काम उचित रहेछन् भन्ने प्रमाणित गर्ने अबसर पनि भयो । सौता ल्याएपछि खानलाउन नदिएर हेला गरेकि एउटि किशोरीलाई अंस दिलाइदिनुभएको थियो । साना बच्चाहरु एउटाले पैसा मागेर अर्कोको स्कुल छुटाएको थाह भयो । चकलेट दिएर कुरा खुलाउनु भयो । त्यो कुरा विद्यालयमा रिपोर्ट गरेपछि पढ्न छुटकाएको बच्चा पनि फेरी विद्यालय फर्कियो । निगरानी समुहले गर्ने यस्तै रहेछ ।
उनिहरुको भनाईले सबैलाई तालिमको अबसर दिनुपर्छ भन्ने बुझाउछ ।

अगुवा मात्रै नियमित तालिममा सहभागिहुनु समाज स्थिर राख्नु हो । सबैले अबसर पाएर सिकेभने मात्रै कुरा बुझ्छन र समाजले गति लिन्छ । तालिममा सहभागि महिलाहरुको सुझाव थियो । नाचगानका साथ निकै रोमान्चक ढंगले तालिम चलाएका महिलाहरुले प्रशिक्षक महिला विकास अधिकृत मोतिकुमारी विश्वकर्मालाई सम्झिए । भव्य र सभ्यताका साथ सबै कुरा छर्ल¨ै पारेको भनि प्रशंसा गरे । यद्यपि उनिहरुका स्रहनाका शब्दहरु सुन्ने ठाउमा अधिकृत विश्वकर्मा उपस्थिती थिएन ।

निगरानी समुह जोडा संख्यामा गठन गरीन्छ । महिला विकास निरीक्षक देवि सुवेदीका अनुसार तलवी काम होईन । सेवा गर्न जाने हो एकलै कठिन हुन्छ । साथि बनाउन पनि जोडा बनाउनु पर्छ । गाउघरमा धेरैले कानुनी उपचार पाउने तरीका जान्दैनन् । सबैलाई थाह दिन पनि भेगिए प्रतिनिधि हुनुपर्छ । सुवेदिका अनुसार त्यसले मात्रै सबै क्षेध समेट्न सक्छ । महिला तथा वालवालिका कार्यालय प्रमुख विश्वमणि ज्ञावालीका अनुसारघट्टगए कपाल फुर्सो कोल गए हात चिल्लो सामान्य हो ।

तालिम लिएका सदस्यहरुले व्यवहारमा व्यापक परिवर्तन गरेर देखाउनु पर्छ । सामज सेवा गर्ने अबसर पनि हो । तालिमको अध्यक्षता गरीरहनुभएका प्रमुख ज्ञावालीले शुभकामनका दिदै भन्नुभयो ‘तालिमका कुरा जिवन व्यवहार, सहकारी संस्था र समुदायमा लागु गर्नुहोला’ सहभागि प्रति खुशि प्रमुख ज्ञावलीले थप्नुभयो, ‘मनमुटावका सवाल मात्रै मिलाउन सकनु हुन्छ । त्यसै मार्फत घरेलु हिंसा निवारण गर्न सकिन्छ ।’ महिला संस्था समितिका अध्यक्ष व्यवस्थापन कर्मचारी तथा निगरानी समुहका संयोजकहरुका लागि महिला तथा वालवालिका कार्यालयले आयोजना गरेको सो तालिमको संयोजन महिला तथा वालवालिका कार्यालयका सहायक महिलाविकास निरीक्षक अरुणा भट्टराईले गर्नुभएको थियो ।