घोराही, १६ जेठ । नेकपा माओवादी केन्द्र घोराही १४ का उम्मेद्धारहरुले व्यक्ति भेटघाटको कार्यक्रमलाई तिब्रता दिएका छन् । वडा अध्यक्ष पदका उम्मेद्धार शक्तिराम डाँगी सहितको टोली सोमवार सम्म धेरैको दैलोमा पुगेको छ ।
पार्टीका घोराही उपमहानगरपालिकाका समिति सहसचिव दिलकुमारी पुनको नेतृत्वको टोलिमा वडा अध्यक्ष कृतिमान पुन लगाएत दर्जनौ नेता कार्यकर्ता घर दैलो अभियानमा लागेका छन् । जलजला टोलवाट शुरुभएको अभियान सोमवार सम्म ढोडेनी, चाउको, शान्तिनगर, आनन्दनगर, भेटनरी कपासी लगाएत धेरै टोलमा पुगीसकेको छ । बाँकी रहेका टकोल तथा घरमा पुग्दै योजना छ ।
यस अघि खुला दिसामुक्त अभियान सफल बनाएका अध्यक्ष पदका उम्मेद्धार डाँगीलाई घर घरै पुग्न सजिलो छ । अधिकांश ब्यक्ती परिचीत भेटिने गरेको डाँगीले जानकारी दिनुभयो । वडानागरीक मंचका संयोजक रहेका डाँगीले टोलटोलमा घुम्ति बैठक बसाल्दै आउनुभएका छ । मंचको कार्याकाल समाप्त गर्नै लागेका डागिले सबै जसो टोलका समस्या कण्ठ रहेकाले विश्वास दिलाउन घरदैलो गरेको बताउनु भयो । अपुरा कामलाई सम्पन्न गर्न आफ्ना उम्मेद्धारी रहेको बताउनुभयो ।
अध्यक्ष डाँगी , महिला सदस्य नैना चौधरी, दलित महिला सदस्य फुलमति नेपाली, खुला वडा सदस्यहरुमा गुलाम रसुल र लक्ष्मण बुढा मगर चुनावी मैदानमा उत्रीनु भएको छ । चुनाव प्रचार अभियानमा बुढापाकाले पनि सकृयता देखाएका छन् । सामाजिक अभियान्ता, जोशिलो युवा भन्दै धेरै तिरकका मतदाताहरु उत्साहित देखिएका छन् । सबै घरका हरेक ब्यक्ती भेटन लागेको जनाएको छ ।
