गोविन्द खड्का
दाङ १६ जेठ । घोराही १४ को बालमन्दिरमा शनिवार गरीएको एक दिने श्वाथ्य शिविरमा महिलाहरुको प्रजनन रोग उच्च जोखिममा देखिएको छ । एक सय १८ को जा“च गर्दा ४० बढि प्रजनन समस्याका महिला फेला परेका छन् ।
प्रजनन श्वास्थ्य शिविर संचालन समितिका संयोजक देवासेन ठकुरीका अनुसार शिविरमा एक सय ५१ जनाले नाम टिपाएका थिए । त्यस मध्ये, एक सय १८ जनाले मात्रै जा“च गराए । उनिहरुमाध्य एक जनालाई क्यानसर देखिएको छ । कहि बर्ष भित्रै क्यान्सर हुन सक्ने गरी उच्च जोखिममा रहेका १० जना भेटिएका छन् ।, पाठेघरको मुखमा मासु पलाएको समस्या भएका पा“च जना, पाठेघरको मुखमा घाउ भएका १५ जना र सेतोपानी बग्ने ९ जना गरी जम्मा ४० जनामा समस्या देखिएको छ ।
अस्पताल नजिकै यती धेरै समस्या देखिनुले आश्चर्य चकित तुल्याएको उपचारमा संलग्न डा रमेश यादवले प्रतिकृया दिनुभयो । पा“चजनाको नेतृत्व गर्दै शिविरमा आएका डा यादवले महिलाहरुले आफ्नो श्वाथ्य प्रति ध्यान नदिएको बताउनु भयो । केहिलाई लाजका कारण रोगले सताएको हुन सक्ने उहाको भनाई थियोे । महिनावारी हुदा समेत लुकाउने वातावरणले प्रजननमा समस्या ल्याएको छ । सफा टाला प्रयोग नगर्नु, प्याड प्रयोग गर्नेले समयमा नफेर्नु, रगत सडेर गन्हाउने हुदा सम्म पनि भिजेको छैन भनेर व्यवास्था गर्नु जस्ता कारण हुन सक्ने भनाई छ ।
पाठेघरको मुखमा अलि बढि समस्या देखिनुको कारण सरसरफाइ नगर्नु रहेको यादवले सुझाव दिनुभएको छ । केहिले सावुनले सफा गरेर झनै विगारेको यादवको भनाई छ । ‘सावुनले आईमाईलाई चाहिने व्याक्टेरिया मर्छ’ डा यादवले भन्नुभयो, ‘त्यसले फोहर पानी वग्ने र ईन्फेक्सन हुने समस्या छ ।’ उहाले गुप्ती अंगलाई झन् बढि चासो दिनुको सट्टा लाजले व्यवास्था गरेको बताउनुभयो । कोमल अंग भएकाले संवेदनशिल मानिएको त्यहि अनुसारको स्याहार गर्नुपर्छ ।
आफुलाई महिनावारी हुदा वा नहुदा, पुरुष संग यौन सम्वन्ध गर्दा लगाएत अरु तत्तो बाहिर आउदा तुरुन्तै सफा नगरेकोले समस्या ल्याएको चिकित्सकहरुले बताएका छन् । कसै कसैले बढि जना संग यौन सम्वन्ध राखेर पनि समस्या देखिएको छ । अठार बर्ष पुरा नहुदै यौन सम्वन्ध राखेर पनि धरैको समस्या आएको छ । अठार बर्ष नपुगि विहे नगर्ने भनेपछि यौन सम्वन्ध गर्दा फरक पर्दैन भन्ने बुझाई रहेर समस्या ल्याएका डा ले सुझाव दिनुभयो । उहाले भन्नुभयो, ‘१८ बर्ष पहिले विहे नगर्नु भनेको यौन सम्पर्क नगर्नु भनेको हो’ उहाले थप्नुभयो, ‘पाठेघरको मुखको तेलहरु कमलो हुन्छ । त्यहा लिंग गए मार्छ । त्यसपछी भाईरसले सजिलै अक्रमण गर्छ ।’ उहाका अनुसार त्यो सरुवा रोग हो । पछि गएर क्यान्सर बनाउने काम गर्छ ।
उहाले श्रीमान श्रीमति संग मात्रै धेरै सम्पर्क राख्न र ईमान्दारी बन्न आग्रह गर्नुभएको छ । यौन सम्पर्क गर्दा कण्डमको कुरा बढि गर्न सुझाव दिनुभएको छ । उहाका अनुसार अरु अस्थाई साधनले यौन रोग रोक्दैन । बच्चा र रोग दुवै रोकने भरपर्दो साधन कण्डम मात्रै हो । सयमा एकदुई जनामा देखिनु पर्नेमा धेरैमा देखिएको छ । नजिकको अस्पताल आएर नजचाउने विडम्बना लागेको बताउनु भएको छ । मासु पलाएकोले समेत जचाउदैन भन्नु आश्चर्य लाग्यो ।
शिविरमा चिकित्सकहरु, नर्स गिता आचार्य, विना सुवेदि, हेल्परहरु देवि वेल्वासे, विना भारतीलगाएतको सहभागिता थियो । महिलाको शिर्षकमा छुटाएको बजेट बाट घोराही १४ ले पाठेघरको मुखको क्यान्सर सम्वन्धि एकदिने शिविर चलाएको वडा नागरीक मंचका संयोजक शक्तिराम डागिले जानकारी दिनुभयो । यस्ता शिविरहरु अझै चलाउने आवश्यकता देखिएको शिविरको अनुभव सुनाउदै सामाजिक परिचालक एशोदा केसिले प्रतिकृया दिनुभयो । शिविरमा १८ बर्ष मुनिकालाई जाच गरीएको थिएन । घोराही उपमहानगर पालिकाका सुचना अधिकारी प्रेमकेसिको प्रमुख आतिथ्यमा भएको कार्यक्रम सहजीकरण समितिका सदस्य सन्जिव श्रेष्ठले गर्नुभएको थियो ।
