काठमडौं, १६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरु उपस्थित भएनन् ।

rajapaवरु राजपाका अध्यक्ष मण्डलका सदस्यहरु बोलाएको बैठक छाडेर भारतीय दुतावास पुगे । एक नेताका अनुसार देउवाले बोलाएको बैठकमा लक्ष्मणलाल कर्ण, नरसिंह चौधरी र डिम्पलकुमारी झा गएका थिए ।

देउवाले विहान साढे ८ बजे संसद भवनमा बैठक बोलाएका थिए तर राजपामा शीर्ष नेताहरु सोहि समयमा भारतीय दुतावास लैनचौरमा गएको स्रोत बतायो ।

सरकारले सोमबार मात्रै दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति जेठ ३१ गतेबाट सारेर असार ९ गते गर्ने निर्णय गरेको थियो । उक्त बैठकमा सहमतीय सरकार गठनबारे छलफल गर्न प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि सहभागि भएन् ।