नारायणपुर, १९ चैत । हिन्दु जागरण नेपाल त्रिपुरको आयोजनामा आज तेस्रो दिन १२ लाख भन्दा धेरै  संकलन भएको छ । तेस्रो दिन त्रिपुर नगरपालिका २ की फुलकुमारी न्यौपानेले १० लाख भन्दा धेरै मुल्यको जग्गा दान गर्नुभएको छ । उहाँले ५ कठ्ठा साढे ३ धुर जग्गा दान गर्नुभएको सचिवालय समितिका संयोजक सानु थापाले जानकारी दिनुभयो । जिल्लाका धेरै स्थानमा सामाजिक कार्यकालागी दान गर्दै आउनुभएकी न्यौपानेले आज तेस्रो दिनसम्मकै सबैभन्दा धेरै दान गर्नुभएको हो । यसअघि त्रिपुर नगरपालिका जलौराका रामु पौड्याल, लक्ष्मण पौड्यालले ४ लाख वरावरको जग्गा दान गर्नुभएको थियो ।

GURU

यस्तै आज तेस्रो दिन महायत्र आयोजक मूल समितिका संयोजक एवं हिन्दु जागरण नेपाल त्रिपुर नगरपालिकाका अध्यक्ष टेकहादुर खड्काले १ लाख १ हजार १ सय २२ रुपैया दान गर्नुभएको छ । यो अहिलेसम्मको नगदमा सबैभन्दा धेरै रकम हो । यस्तै आज तेस्रो दिन त्रिपुर २ चारवगीयाका भागवत लम्साल र लक्षमी लम्सालले ५५ हजार ७ सय १ रुपैया, एकता फिक्स ईट्टा उद्योगले २५ हजार २ सय, त्रिपुर २ का लोकप्रसाद भट्टराईले ११ हजार १ सय ५१, त्रिपुर १ का सुर्यबहादुर रावतले ११ हजार ५ सय ५५, त्रिपुर ११ दुन्द्राका हबिहादुर खड्काले ११ हजार १ सय ११, त्रिपुर ३ जरौलाका चन्द्रप्रसाद चौधरीले ११ हजार १ सय ११ रुपैया दान गर्नुभएको छ ।

महायज्ञको मुख्य वाचकमा सुप्रसिद्ध भागवताचार्य गुरुदेव अध्यात्म शिरोमणी पण्डीत रामकृष्ण उपाध्याय रहनुभएको छ । यस्तै कलाकारहरुले धार्मीक नाटक पनि प्रस्तुत गरिहनुभएको छ । नारायणपुरमा सुर्यनारायण मन्दिर, धर्मशाला निर्माण एवं हिन्दुत्व संरक्षण गर्ने उद्धेश्यका साथ चैत २४ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल अनुष्ठान २०७२ महायज्ञमा दैनिक विहान पूजापाठ, दिउसो र वेलुका भागवत कथा पाठ, प्रवचन एवं भजकृतन हुने छ । यस्तै महायज्ञमा तुला दान, भूमी दान, अन्न दान, नगद दान, व्रतबन्ध, चौरासी पूजा, देविदेवताको लागी संकल्पसहित यज्ञमण्डपमा फोटो स्थापना, विवाह, ग्रह शान्ति लगायतका धार्मीक कार्य भईरहेको भागवत प्रचारप्रसार संघ एवं हिन्दु जागरण नेपालका कार्यक्रम संयोजक राधा रिमालले जानकारी दिनुभएको छ ।