12948429_854760987967502_671822578_oदीपक घिमिरे
बुढाबुढीका अरु केही इच्छा छैन रे, उनीहरु आफै भन्थे ‘छोरोको धुमधामसँग विहे गरेर असल ब्वारी घरमा ल्याइदिन पाए हाम्रो जीवन सार्थक हुन्थ्यो ।’ बुढाबुढीलाई चिन्ता भनेकै छोरोको लागि असल बुहारीको थियो । छोरो चैसधै बाआमालाई सम्झाउँदै भन्थ्यो ‘नसिपमा जस्तो लेख्या छ त्यस्तै आउँछे, बेकारमा यो र त्यो भनेर टेन्सन नलिनुस् ।’

सुनिलका बाआमा उमेर पाकेका बुढाबुढी थिए । चार बहिनी दिदीहरुपछि जन्मेको सुनिल कुलको वीउ जोगाउने एक मात्र सन्तान थियो त्यसैले त बाआमाको माया दिदीहरुले भन्दा धेरै पाएको थियो । तर माया जति धेरै पाए तापनि मात्तिएको चैं थिएन । जति उसका बाआमा अनि दिदीहरुले उसको माया मान्थे त्यति नै माया उसले पनि उनीहरुलाई गर्दथ्यो । पुलपुलिएर बिग्रेको थिएन, इमानदार र इज्जतिलो थियो सुनिल । पल्लो गाउँको सुवेदीको छोरी हाम्रो सुनिलेलाई व्या गर्दिन पा कस्तो हुन्तो कुन्नि बड्डो ? ‘पिढीमा बसेर तरकारी केलाउँदै गरेकी सुनिलकी आमाले बालाई सोधिन् । गएको महिनादेखि सुनिल कि आमाले सुनिलका लागि यो केटी ठिक कि त्यो केटी ठिक भन्दै बूढालाई रोजाउँदै आएकी छिन्, तर सुनिलका बाले मुसुक्क हाँस्ने तर जवाफ नदिएरै टार्ने गरेका छन् । आज पनि उसैगरी मुस्कुराए तर केही बोलेनन् । बूढीलाई रिस उठेच क्यारे, फेरि कराउँदै भनिन् ‘ब्वारीले पकाको खाम्ला भन्ने कत्रो सपना छ । यिनी बूढा त थोते गिजा देखाउँदै मस्किन्चन मात्र । सुनिलेका लागि ब्वारी खोज्ने तिम्रो पनि जिम्मा हो, किन चाल गर्दैनौ ?’ बूढी अलि धेरै नै गरम भएको जस्तो मानेर बूढाले मुख खोले ‘तिन्को र हाम्रो औकात मिल्दैन, सपना देखेर मात्र भो र ।

मौजा ओगटेर बसेका जिम्दारकी छोरी हामी जस्तो पिलन्धरेका लागि माग्न को जान्च भन न ? अलि सुहाउँदो भन न हैन भने नहाँसेर के गरौ त ? ‘बूढा पनि मजाकै मजाकमा रन्किए, बूढाको रन्काईलाई बूढीले ट्वाँ परेर सुनिरहिन् । बूढीलाई अझै चित्त बुझेको थिएन । यो वर्ष बुहारी भित्राउने धोको पूरा गर्न औलामा गनेर बुहारी बन्नलायक केटीहरुको सूची तयार गरेकी थिइन् । ती मध्यमा सुवेदीकी छोरी रमा सुवेदी पहिलो नम्बरमा थिई । बूढाले औकातको कुरा गरेसी बूढी पनि तात्तिएकी थिइन, उनलाई चित्त बुझेको थिएन, प्याच्च भनिन् ‘यस्तो लगनसिल छोरो नै हाम्रो सम्पत्ति हो, छोरीका लागि धनभन्दा मन र इज्जत भएको ज्वाइँ चाहिन्छ भन्ने सु

वेदी भाइले बुझ्छन् । एक पटक पुरेत कान्छालाई बुझ्न पठाउनुस्, हेर्दै गर्नुस् नाइ भन्दैनन् सुवेदीले । बूढीका कुराले बूढा गम्भीर भए, उनले बूढीलाई सम्झाउँदै भने ‘छोरोलाई सोधेकी छेस, आज कुरा बुझ्न पठाउने, भोलि छोरोले नाइ भन्दियो भने के गर्चेस ? पैला छोरोलाई रोजा अनि बल्ल हाम्ले रोजम्ला । ‘बूढाको कुरा पनि गलत थिएन, बूढीले हुञ्च भन्ने स्टाइलमा मुन्टो हल्लाइन् । हाम्ले जन्माको, हुर्काको छोरो हो । नाइ त भन्दैन तर पनि भरे साँझ सोधम्ला । धेरैबेरको मौनतापछि बूढी बोलिन् । सहि थप्दै बूढाले भने ‘हो थाहा छ तर त्यसका पनि रोजाई हुन सक्छन् । जवान भइसकेको छोरोको इच्छा मर्न दिनु हुँदैन ।’ दुबै जना सहमतिमा आय, साँझ सुनिलसँग यसबारेमा अन्तिम कुरा हुने बूढीले बताइन्, बूढा चै अझै समय छ । उमेर ढल्केको छैन भन्दै पञ्छिए ।

भान्सामा बसेर तिनै जनालेसँगै भात खाए, भातसात खाएर सकिनै लाग्दा सुनिलकी आमाले भनिन् ‘पल्लो गाउँको सुवेदी कान्छाको छोरी रमालाई कस्तो मान्चस् बाबु ? सुनिल आमातिर हेर्दै फिस्स हाँस्यो अनि भन्यो ‘कस्तो मान्ने हो । राम्री मान्छु ।’ सुनिलको कुरा सुनेर बाआमा दुबै जना हाँसे, हाँस्दाहाँस्दै बाले सोधे ‘तेरी आमाले त्यसलाई ब्वारी बनाउने सपना देख्या छे, कुरा चलाम ?’

बा आमाको कुरा सुनेर सुनिल खित्कै छाडेर हाँस्यो अनि भन्यो ‘आकाशको फल आँखा तरी मर !’ जाबो सुवेदीको छोरीलाई आकाशको फल देख्ने सुनिलको दिमागलाई थुक्दै आमाले भनिन् ‘थुइक्क नालायक, तैले हुञ्च मात्र भन न त्यो जाबो सुवेदी खानदानलाई ससुराली बनाउने जिम्मा मेरो भयो । धन सम्पत्ति भन्ने कुरा पाखुरा भएसी कमाइञ्च ।’ आमाको डरलाग्दो हिम्मत देखेर सुनिलले पुलुक्क बालाई हे¥यो, बाले पनि सुनिललाई हेरे अनि एकैछिन हाँसे तिनै जना । सुनिलले पनि रमा र उसका बाले मानेछन् भने आफू विहे गर्न तयार भएको कुरा ग¥यो । उसले भन्यो ‘सुवेदी अंकल आफैमा घमण्डी मान्छे हुन्, हाम्रो बालाई सम्धि बनाउँदैनन् तिन्ले । बेकारमा झुक्ने काम नगर्नु, तर फिक्स मान्छन् जस्तो लाग्छ भने म तयार छु ।’ सुनिलले कुरा सक्ने बित्तिकै बाआमा खुशी देखिए । आमाले बालाई विहेको तयारीमा लाग्न सल्लाह दिँदै भनिन् ‘पैसाको जोहो गर्नुस् बूढा, मान र इज्जतको लागि भए नि धुमधामसँग सुनिलेको ब्या गर्दिनु पर्च, कुनै कुराको कमी हुनु हुँन्दैन हाम्रो छोराको ब्यामा !’

पुरेत कान्छामार्फत सुवेदीका घरमा खबर पठाइयो, उताबाट आफै कुरा गर्ने खबर आयो । छोरी माग्न सुनिल र उसका बा पल्लो गाउँ गए । कुरो सकारात्मक भयो । विहेको मिति तोकियो, जन्ती ल्याउन सके जति ल्याउने अनुमति सुवेदीले दिए, सुनिलका बा मख्ख परे ।

सोचे होलान् ‘ओ माइ गड, सुवेदी खानदानले सम्धि भन्दै घप्लक्कै खुट्टा ढोग्ने भए ।’ धुमधामसँग विहे भयो, सुनिल र रमाको । गाउँभरि कसैको घरको चुलोमा आगो बलेन, सबैले सुनिलकै विहेको भोज खाए । बुहारी भित्राइन सुनिलकी आमाले, छोरी ल्याए सुनिलका बाले अनि स्वास्नी पायो सुनिलले ।

पहिलेको जस्तो दिनचर्या रहेन सुनिलको घरको । बाआमा फुर्सदिला भए, सुनिल सफा चट्ट भएर हिड्ने भयो, घरको भान्सोमा छङछङ चुरा बजे, लिपपोत, सफासुग्घरमा काचुली फे¥यो सुनिलको घरले । बुढाबुढी निक्कै खुशी देखिए तर …..।
तर, बुढाबुढी खुशी भएजस्तै सुनिलकी जीवनसाथी रमा खुशी भैन, उसका लागि ती बाउआमा सासुससुरामै सीमित रहे, आफ्नै बाउआमा जस्तै बनाउन सकिन । एक्लो छोरीको रुपमा माइतमा पुल्पुलिएर बसेकी रमाले घर गरेर खान सक्दैने भनेर सबैले भन्थे । सबैले भने जस्तै भयो, आखिरमा रमा एक दिन माइत हिडी ।  धेरै दिन रमा नफर्किएपछि सुनिल गयो ससुराली, ससुराबा ।।