आभास बुढाथोकी
मौलाकोट । घोराही उपमहानगपालिका–१३ मौलाकोट निवासी कृष्णबहादुर राना (६७)ले पन्चायतीदेखी नै भोट हाल्दै आइरहेका छन् । पन्चयातीकाल देखी संविधानसभाको चुनावमा भोट माग्न भनी गाँउ पसेका उम्मेद्धावारहरुले गाँउमा बाटो ल्याइदिन्छौ,विद्यालय खोलीदिन्छौँ, अन्धकारमा बस्न पर्दैन विजुली ल्यादिन्छौ, स्वास्थ्य चौकी बनाईदिन्छौ हामीलाई भोट दिनुस्भन्दै आश्वासन दिदा अब त बिकास हुन्छ की भन्दै आश मारेर उनको कपला सेतै फुलीसक्दा पनि गाँउमा केही बिकास भएन ।
‘भोट दिएका, उम्मेद्धारले पनि जिते । जिते पछि बिकास निर्माणका काम त कता हो कता । गाँउसम्म फर्केएनन् । ०७० सालको चुनावमा पनि त्यही नारालिएर उम्मेद्धारहरु फेरी गाँउ पसे । फेरी त्यही आश्वासन देखाए । फेरी पनि भोट दिएर जितायौँ । उनीभन्छन्–‘विजुली ल्याएर अन्धकारबाट मुक्ती गराइदिन्छु भन्थे । बिजुलीको पोल सम्म ल्याएनन् । न विद्यालय खोलीदिए, न त खानेपानीको व्यवस्था नै गरीदिए, न स्वास्थ चैकी । यो पटककोे चुनवामा गाँउमा आए । फेरी त्यही आश्वासन देखाएका छन् ।’
विष्णुकुमारी राना (६१) लाई गर्मियाम बढेसंगै पानीका लागी अभाव हुन थालेपछि पिउने पानिका लागि निकै सास्तीखेप्नु पर्छ । जिविस,साबिक नगरपालिका र खानेपानी तथा सरसफाइडिभिजन कार्यलयको सहयोगमा सेवारी पनेरा खोलाबाटसोलरद्धार विद्यृत निकालेर,मोटर र केही पानीका ट्याङकीको व्यवस्था भएपनि अस्थाईमात्र भएको उहाँको गुनासो छ । ‘मोटर विग्रीदा, हिउँदमा घाम नलाग्दा पानि लिन तल खोलामै झर्नुपर्छ । आउदा ठाडै उकालो पर्छ ।’ उनीभन्छीन्–‘भोट माग्न आएका उम्मेद्धावारहरुले हामीलाई भोट दिएर जिताउनुस् । घरघरमै पानीको पाइप पुराइदिन्छौँ भन्दै आएका थिए । अहिले पनि आएका छन् । अस्थाइरुपमा मोटर जोडिएर हाम्रो मुखमा बुझो मात्रै लगाइदिएका छन् ।’
प्रेमसिङ ठकुरीर गाँउका उनी जस्ता कयौ युवाहरुलाई आउदै गरेका स्थानिय र संविधान सभाको चुनावकाउम्मेद्धावारहरुले गाँउमा आएरभोट दिएर जिताइदिनुस् । हामी तपाईहरु जस्ता युवाहरुलाई उच्च शिक्षा र रोजगारीको व्यवस्था गराईदिन्छौँ भनेका छन् । यस्तै आश्वासनपहिलेको चुनावमा उनका गाँउका दाईहरुलाई पनि दिएका थिए । रोजगारी त के गाँउमै खेति गर्छु सिचाइका लागी पानीको व्यवस्था समेत गरिदिएनन् ।
नन्दकली घर्ति(४१)का दुई छोरा पाँच छोरी छन् ।
उनका कान्छा छोरा बलबहादुर घर्ति ८ वर्षको उमेरमा एक वर्ष आगाडीमात्र विद्यालयमा भर्ना भएका हुन् ।‘गाँउमा नजीकै विद्यालय छैन । पढ्नका लागि दुइघण्टा हिडेर घोराहीमा रहेका वनगाँउ स्कुलमै पुग्नुपर्छ । साना उमेरमा त उनीहरु हिडेरै विद्यालय जानै सक्दैनन्’ –‘आमानन्दकली भन्छीन्–‘७,८ वर्ष न पुग्दा सम्म त स्कुलनै पठाउदैनौ । पठाएपनि खुट्टा दुख्छ भन्छन् । विद्यालय पठाए पनि बाटोमै केही भयो कि भन्दै मन दिनभरी पिरोल्छ ।’ विद्यालय नुहदा गाँउका अधिकांश बालबालीका ढिलो उमेरमा विद्यालय भर्ना हुन्छन् । कतिले विद्यालय टाढा हुदा हिडेरै जान पर्ने दुखले बिचमै पनि छाडेका छन् ।
गाँउमा बाटो पुगेको भएको आज पाचँ वर्षमात्रै भएको छ । त्यस अघि गाँउमा कुनै बाटोे थिएन ।‘बाटो नुहुदा भोट माग्न आएका उम्मेद्धावरसंग सबै भन्दा पहिले बाटो निमार्णका लागी आग्रह ग¥यौ । बिभिन्न संघसस्थाहरुमा समते पहल गयौँ । स्वास्थ चौकी गाँउमा छैन । घोराहीको स्वास्थ चौकीमापु¥याउन बाटो थिएन । समयमै स्वास्थचौकी पु¥याउन नसक्दा केही सुत्केरी महिलाहरुले ज्यान गुमाए ।’ मौलाकोट टोलबिकास संस्थाका अध्यक्ष गंगबहादुर थापा भन्छन्–‘ढिलै भएपनि साबिक नगरपालीकाले बाटो बनाइदियो । बाटो पनि बनाइदियौँ भनेर मुखमा बुझो लगाइदिएको जस्तो भएको छ ।
वर्षायमा उस्तै फेरी उस्तै हुन्छ ।’ बाटै नहुनु भन्दा ,पुगेपछिस्थानियहरुले केही राहत महसुस भने गरेका छन् । स्थानिय चुनाव र संविधानसभाको चुनाव नजिकीदै जादा भोट माग्नका उम्मेद्धावरहरु गाँउ गाँउ जान थालेका छन् । भोटदिएगाँउको विकास गरिदिन्छौं भन्दै नारा लिएर गाँउ पस्ने उम्मेद्धावारहरु चुनाव पछि यस्ता नाराहरु हराएरै जान्छन् । यस पटकको चुनावमा पनि मौलाकोटमा एमाले, कांगे्रस र माओवादीबाट उम्मेद्धावरहरु भोट माग्न भनी आएको एक जना स्थानियले बताउनुभयो । स्थानियहरु भन्छन्–‘इमान्दार, गाँउमा स्वास्थ, शिक्षा,खानेपानी र विद्यृत ल्याइदिनेलाई भोट दिन्छौ।’
