घोराही, १३ जेठ ।नेकपा एमाले घोराही उपमहानगरपालिका—१४ को पार्टी कार्यालयको उद्घाटन गरिएको छ । कार्यालयको एमालेका केन्द्रीय सदस्य मेटमणी चौधरीले गर्नुभएको हो ।

वडाध्यक्ष देवीलाल न्यौपानेको अध्यक्षता तथा केन्द्रीय सदस्य चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । त्यस अवसरमा विभिन्न पार्टी परित्याग गरी ३० जनाले एमालेका प्रबेश गरेको जिल्ला सदस्य कैलाश रोका मगरले जानकारी दिनुभएको छ ।

त्यस अवसरमा सामाजिक तथा संघसस्था विभागका केन्द्रीय सदस्य विकीरण गौतम, नेकपा एमालेका जिल्ला सचिव हिराचन्द्र केसी, पुर्व जिल्ला अध्यक्ष नरुलाल चौधरी, घोराहीका पुर्व मेयर अमरबहादुर डाँगी, पुर्व अञ्चल सदस्य सिता न्यौपानेले बोल्नुभएको थियो ।