कास्की, १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकामा ठूलो मतान्तरले एमालेबाट मेयर पदमा मानबहादुर जिसी विजयी भएका छन् ।
कांग्रेस माओवादी केन्द्र गठबन्धनका मेयर उम्मेदवारलाई हराउँदै जिसी निर्वाचित भएका हुन् ।
विजयी जिसीले ६० हजार १ सय १८ र प्रतिश्पर्धी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत पाए । महानगरका ३३ वडामध्ये २२ वडामा एमाले र ११ वडामा कांग्रेसले जितेका छन् ।
महानगरको उपप्रमुखमा एमालेकी मञ्जु गुरुङ ५६ हजार ४४८ मतसहित विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत प्राप्त गरे ।