काठमाडौं, १० जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिदा सम्बोधनमा आउने त्यतिखेर आउने सरकारलाई विभिन्न प्रश्न गरेका थिए । विशेष गरी सबैको चासोको विशषमा रहेको फास्ट ट्रयाक (दुर्तमार्ग) चीनको ‘बेल्ट एन्ड रोड’ ओबीआर र हुलाकी राजमार्गको योजनाका बारेमा अविश्वास प्रस्तुत गर्दै प्रश्न गरेका थिए ।

pmpती प्रश्नाहरुको जवाफ आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले पदबाट राजीनामा दिदा जवाफ दिएका छन् । उनले आफ्नो सम्बोधनमा भने–‘जब म प्रधानमन्त्रीको उम्मेदवार थिएँ, एकथरी साथीहरुले संसदमा मलाई उत्तेजनापूर्वक सोध्नुभएको थियो, ‘फास्ट ट्रयाक के हुन्छ रु ओबीओर के हुन्छ रु हुलाकी मार्ग के हुन्छ रु’ ती प्रश्न गलत थिएनन् । तर, सोध्नेहरुको नियत सही थिएन । त्यो प्रश्नमा अविश्वास थियो, चुनौती थियो । आफैंमाथि विश्वास नभएपछि मान्छेलाई अरुमाथि पनि विश्वास नहुँदो रहेछ ।’

सम्बोधनमा उनले भनेका छन्, ‘फास्ट ट्रयाकलाई लिएर त सरकारमाथि नियोजित दुष्प्रचारको अभियान नै चलाइयो । आज म यो सम्बोधनबाट जवाफ दिँदै छु, अहिलेसम्म केवल राजनीतिक दाउपेचको विषय भएको र कसैको खास प्राथमिकतामा नपरेको फास्ट ट्रयाक अब बन्ने ग्यारेन्टी भयो । राजधानी र तराईबीचको दू्रत मार्ग अब सुनिश्चित भयो । केही दिनमै म त्यसको शिलान्यास गर्दैछु र नेपाली सेनाले बनाउँदै छ ।’