इन्द्रेणी संवाददाता
दाङ, १० जेठ । पत्रकार महासंघ दाङशाखाले सहिद पत्रकार कृष्णसेन इच्छुकको १५ औं स्मृति दिवस मनाउने भएको छ । महासंघको आज वसको बैठकले यही जेठ १३ गते सेन स्कृति दिवस बनाउने निर्णय गरेको हो ।

krishna-senमहासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा वसेको बैठकले विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर सेनको स्मृति दिवत पत्रकारिता पुरस्कार’ को प्रतिभा छनौट गर्न अध्यक्ष सविन प्रियासनको संयोजकत्वमा पुर्वअध्यक्ष सुशील गौतम एवं कार्यसमिति सल्लाहकार सुदिप गौतम सदस्य रहेको प्रतिभा छनौट समिति गठन गरेको छ ।

त्यसैगरी जिल्ला समन्वय समितिको सहयोग तथा नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा यही जेठ १४ र १५ गते घोराही र तुलसीपुरमा २ दिने ‘बालमैत्री स्थानिय शासन सम्बन्धि सञ्चारकर्मीका लागि अभिमुखीकरण’ कार्यक्रम आयोजना गर्ने, महासंघ दाङ शाखाको आयोजनामा स्थानिय तह निर्वाचनलाई लक्षित गरि उम्मेदवार र स्थानिय सम्मिलित अन्तरक्रिया कार्यक्रम जिल्लाको ३ स्थान
मा आयोजना गर्ने जसअनुसार तुलसीपुरमा कार्यसमिती सहसचिव शर्मिला डिसीको संयोजनमा जेठ २३ गते, लमहीमा उपाध्यक्ष  लाशाहको संयोजनमा ज्येष्ठ गते र घोराहीमा सचिव भुपेन्द्र वलीको संयोजनमा जेठ २५ गते कार्यक्रम गर्ने निर्णय गरेको छ ।

जिल्लामा सञ्चालित विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई श्रमजिविहकअधिकार विपरित बिना कारण सञ्चारमाध्यमबाट निकाल्ने कार्य द्धभईरहेको प्रति महासंघ दाङ शाखाको गम्भिर ध्यानाकर्षण भएको र श्रमजिवी ऐन ,निर्देशिका विपरितका यस्ता कार्य नगर्न महासंघ दाङ शाखा जिल्लामा सञ्चालित सबै सञ्चारमाध्यलाई आग्रह गरिएको बैठकपछि सचिव भुपेन्द्र वलीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच प्रेस सेन्टर दाङको आज वसेको बैठकले पनि नेपाल पत्रकार महासंघ दाङ र ङसंस्कृतिक महासंघ दाङसँग समन्वय गरी सेन स्मृति दिवस बनाउने निर्णय गरेको छ ।

बैठकले सेन्टरले प्रत्येक वर्ष दिदै आएको कृष्णसेन स्कृति पत्रकारिता पुरस्कारका लागि अध्यक्ष डिल्ली मल्लको संयोजकत्व वरिष्ठ उपाध्यक्ष प्रकाश चौधरी र सचिव पाण्डव शर्मा रहेको प्रतिभा छनोट समिति गठन गरेको छ ।