दाङ, १० जेठ । राप्ती साहित्य परिषदको १३ औ अधिबेसनको तयारी अन्तिम चरणमा पुगेको छ । यहि जेठ १३ र १४ गते घोराहीमा हुने परिषदको १३ औ अधिबेसन तथा ४१ औ स्थापना दिवसका लागि आयोजना गरीएको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको राप्ती साहित्य परिष्दले जानकारी दिएको छ ।
परिषदको घोराहीमा बसेको बैठकले अधिबेसनलाई भब्य रुपमा सञ्चालन गर्ने योजना बनाएको छ । अधिबेसनका क्रममा श्रष्टा सम्मान तथा पुरस्कार वितरणका कार्यक्रम पनि रहेका छन । कार्यक्रममा उपस्थित हुने श्रष्टाहरुलाई भोजन, आवास, कार्यक्रमको तयारी, पुरुस्कार तथा सम्मानका सम्पुर्ण तयारी करिब करिब पुरा भएको राप्ती साहित्य परिषद्का अध्यक्षन पुरुषोत्तम खनालले जानकारी दिनुभएको छ ।
यहि जेठ १३ गते नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा दिउसो १२ बजे देखि पुरस्कार वितरण, श्रष्टा सम्मानको कार्यक्रम राखिएको छ भने अर्को दिन १४ गते राप्ती साहित्य परिषद्को सभाहलमा विहान ७ बजे देखि १३ औ अधिबेसन सुरु हुने परिषद्का प्रचारप्रसार संयोजक नवीन अभिलाषीले जानकारी दिनुभएको छ ।
राप्तीका पाँचै जिल्लामा रहेका शाखाहरुबाट समेत श्रेष्टाहरु दाङ आउने भएका छन् । राप्ती साहित्य परिषद् राप्तीकै जेठो साहित्यीक सस्था हो । साथै परिषद्को अधिबेसन तथा स्थापना दिबसको अबसरमा आयोजित कार्यक्रममा उपस्थित हुनका लागि सबै साहित्यकार, साहित्यप्रेमी, राजनितीक दल, नागरीक समाज, पत्रकार अधिकारकर्मी लगाए सबैलाई आग्रह समेत गरीएको छ ।