govinda

गोविन्द खड्का
‘यो समाज विग्रीयो । खतम भयो ।’ विहान करीव ९ बजे तिर घरको पेटिमा अडेस लाग्दै छिमेकीले सुनाए । उनको नजीक पुग्दा ठुस्स रक्सी गन्हायो । चुरोट चुस्दै थिए । पुरानो अम्मली हुन् ।

नधोएको मुखमा नखौरेको दाह्री झुस्स परेका थिए । लाग्थ्यो उनले मुख नधोएरै पाएको अति मलले दाह्री खज्मजीएका छन् । शरीरमा पहिरीएका कपडाहरु बाद्यताले आङ ढाक्न टंगिएका जस्ता लाग्थे । तिनले धुने स्याहार सम्भारको हुने अबसर पाएका छैनन् । जा“गे च्यातिदै गएर भित्रकोले लाज छोपेको देखिन्थ्यो । टोपि विट फर्केको छ । मयलले अचेटेकोे छ । यो चित्रले उनलाई गरीव भन्छ ।

रक्सीको खुराक देख्दा आर्थिक अबस्था कमजोर भएको भन्न मिल्दैन । जग्गा जमिन, घरबास व्यवस्थित रहेकाले बिचरा भन्न मिल्दैन । बचाए पुग्ने अबस्था छ, अभाव भन्न मिल्दैन । उनलाई रक्सी खाने पैसाको अपुग छ । त्यसैले घरका दाउरा समेत लुकालो भट्टिमा पुयाउछन् । त्यसै बाट आएको एक दुई गिलासले प्यास मेट्छन् । त्यस बाहेक गाजाका बोट भेटिए निमोठेर चिलिम प¥ुयाउने, त्यसलाई कुटिरा पारी बेचेर नगद जम्मा गर्ने र त्यसलाई रक्सीमै फाल्छन् ।

यस्तै अर्का एक जनाले नेता र राजनीतिक दललालाई निकै गालि गर्छन् । तिनका लागि लाग्ने नै भए नेताहरु भर्खरै मर्थे । त्यसरी गालि गर्न जान्नुका पछाडि अलि गतिलो परिवारमा जन्मलिएका हुन् । बाउको पेन्सनले पनि खानदान बलियो छ । बासको व्यवस्था राम्रो छ । गास जुटाउन सक्ने तागतीला छोरा हुर्काएका छन् । गतिलो स्याहार सम्भार गरेर स्वस्थ शरीर बनाईदिएका छन् ।

त्यो तागत भट्टि चहार्नेमा खर्च भएको छ । चुरोटको लामो सर्कोमा बहादुरी देखाउ“छन् । एक गिलास रक्सी एकै चोटि स्वाै रित्तयाउनेमा युवा तागत देखाउछन् । गिलास भुईपर्न नदिने गरी गिलास तान्नु उनका लागि दम हो । पचाउछन् पनि । आफु जस्तै साथिको घेरा बनाएर छाति फर्काई लमक्क लमक्क लरबराउदै हिडछन् । उनै संगिलाई कतिपय बेला ठुलो श्वरले थर्काउछन् । तर्साउनका लागि गठिलो शरीर प्रशस्त छ । त्यो शरीर कमाउन कतै पनि काम लागेको छैन । गाडि किन्यो बिच्यो । विदेश गयो फर्कि आयो । घरमा श्रीमतिले पकाएको खायो । दिनभरी फन्नीयो ।

तिनको घर कसरी चलेको होला ? यसको जवाफ श्रीमतिले सम्वन्ध विच्छेदको उजुरी अदालतमा दर्ता गराएको प्रसंगले दिन्छ । श्रमतीलाई मेरो बुढो यस्तो भनेर गाउ“मा देखाउन लाएक भएन । दुई चार रुपैया कमाएर ल्याई घर चलाउला भन्ने आश पनि रहेन । बच्चा र घर व्यवहारको चिन्ता छैन । एक रुपैया कमाई हुने कुनै ईलम छैन । एक्लो जिवन जिएको जस्तै व्यवहार छ । झन् पछि झन घर भताभुंग भयो । तिनै पात्रले भन्दै हिडेका छन्, नेता खराब । बिगारे । बर्वाद गरे । राजनीतिका कुरा नगर भन्छन् । तथानाम गाली गर्ने, अश्लिल शब्दले जथाभावि भन्ने गर्छन् । उनले सन्तुष्टि भट्टिमा देखेका छन् । गएर स्वाठै एक गिलास तान्छन् सकियो ।

एउटा ग्यास किन्न श्रीमतिले दुई हजार दिईन् । त्यो पैसा लगेर एक व्यक्तिले ग्यास त ल्याए तर रकम बचाएनन् । कता गयो भनेर सोध्ने ठाउ पनि राखेनन् । उनि चुरोट पिउदै हल्लीरहेका थिए । तल न माथि गर्दै लरबरिएर घर पुगे । उनको मुखै लाग्दैन्थ्यो । यस्तो संग बसेर मेरो गुजारा चल्दैन । उनको बुढि भन्दै छिन् । हातमा पैसा भयो कि भट्टि पुग्यो गर्ने वानी छ । अन्त खर्च गर्दैनन् । खादा खादै विहे गर्ने समेत फुर्सद नपाएका अर्का अध बैसे पनि उनका साथि हुन् ।

त्यो ग्यांगमा अर्का युवा छन् । उनले श्रीमति घरमा ल्याउदै र माईत धपाउदै गरेको पाईन्छ । उनको ससुरालीमा खास्सै मान मर्यादा खातीरदारी गरेको देखिन्न । जहान छोरा छोरी राख्न सकिनस भनेर टोकासो हुन्छ । माध्यमिक विद्यालय पढ्ने बच्चाहरु छन् । जग्गा बेचेर विदेश जान्छन् । विदेश गएर केहि महिना पछि फर्किने तर सुक्को नल्याउने गरेको आफन्तहरु सुनाउछन् । माईतिहरुको भनाई छ जति सम्झाएपनि मान्दैन । घरमा जत्रो समस्या भएपनि टार्दैन । जति गाली गरेपनि सुध्रिन्न । यसलाई मान्छे बनाउन कुनै विधि बा“कि छैन ।

लेबर काम गर्न जाने । अलिकती कमाई ल्याउने । त्यो रकम बाट रक्सी तथा चुरोट खाने गरेको आरोप छ । उनि भने हरक पटक माईतमा पुगेर अब सुध्रिन्छु भनेर बाचा गर्छन् । कुकुरको पुक्च्छर ढुंगा्रमा राख्या जस्तै व्यवहार घर पुगेको केहि दिनमा देखाउछन् । उनको भनाईमा पनि समाज विग्रीएको छ ।

व्यक्तिगत चरीत्र यस्तो देखाउनेहरु समाज विग्रीयो भनेर चिन्ता गर्छन् । उनिहरुको चिन्ता सहि हो । समाज विग्रेकै हो । अरुले होईन यस्तै पात्रहरुले समाजको बदनाम भएको छ । घर बारहरु भताभुंग लथालिंग बनेका छन् । बाल बच्चाको बिचल्ली छ । आमाहरु सधै तनावमा हुन्छन् । तिनका छोरा छोरी लोफर बन्ने खतरा छ । गा“जा चरेस बाबु आमा भन्दा नजिकका हुन्छन् । तिनलाई प्यार गर्नेहरु गाजा खानदिनेहरु हुन् । घुम्न साथदिनेहरु सहयोगी हुन् । घर छोडेर बरालीन्छन् ।

अब उनिहरुले विग्रयो भनेको समाज कसले सुधार्ने ? आफुले आफैलाई नसकिए अरुले भनेर हुदैन । त्यसरी नै पिउदै हिड्ने अहिले चटक्कै छोडेका घोराही, १८ का लालबहादुर पुन दंग छन् । महिना बढि भयो । विहान विहान लोटा बोकेर दहि दुध किन्न जान लागेको । केहि समय अघि गर्मिमा पनि जाकेट लगाएर कम्मरमा बोतल कोच्दै हिड्थे । काखिमा एउटा हातले वोतल च्यापेर केहि नसमातेको स्वाङ पार्थे । घरमा खान डराउने भएपछि उनले बाहिरै त्यो रक्सी लुकाउथे ।

घर नजीकका जिंकटका बुटा रक्सी भण्डार थियो । पोथ्रा तथा बुट्यानहरुमा जता पनि रक्सी भेटिन सक्थ्यो । शौचालय र वाथरुममा फालिएका थाङनामा गुटुमुटु पारेर राख्थे । शौचालय पछाडि तिरको प्वालमा कोचेका हुन्थे । जतिबेला तलतल लाग्छ गएर स्वा निकालेर पिउथे । मुख पुछेर चोखो बन्थे । अपर्झट पिएको रक्सी झन बढि लाग्थ्यो । चाडै उनको चेहरा विग्रीन्थ्यो । जति लुकाएर सनक्कै तान्यो । उति शरीरमा लाग्थ्यो । उनलाई कमजोर बनाउदै लगेको थियो ।

अहिले सोधनेहरुलाई जवाफ दिन्छन् मेरा हातपाखुरा हेर कति रगत भरीयो । चुसेर सेता भएका थिए । जागर हेर काम गर्न मनै लाग्दैन्थ्यो । बुहारीले दिएको भात खादैन्थे । खाटमुनि हाल्थे । भोक लागे दुई तिन दिनको बासी भएपनि खान्थे । जर्कीन बाटै खादा पनि प्यास मेटिन्नथ्यो । सायद म चाडै मर्थे । अहिले सबैले माया गर्छन् । धेरेको प्यारो भएको छु । कति चोट खाए, अपमान सहे, अहिले सबै हटे । सुन्नेहरुलाई पनि पत्याउन नसकिने कथा छ । तर, विश्वास नगरी सुख छैन । समाज विग्रीयो भन्नेले त्यो बुझ्दैनन् । तिमी कता हरायौ । भन्दै छन् । संगत छोडेकोमा आश्चर्य व्यक्त गर्छन् । तर तिमि गतिला भयौ हामि बरबाद हुदैछौ भन्दैनन् ।

उनिहरुले हामि विग्रीयौ भन्नु पर्छ । समाज विग्रयो भनेर अरुतिर आरोप लगाउने होईन । समाज विग्रेको देख्छन् । आफु सुध्रिन नसकेको जान्दैनन् । आफुले गरेको जति सबै सप्रेको अरुले गरेको विग्रेको भन्ने भावना व्याप्त छ । त्यहि बिचार र चेतनाले उनिहरुलाई पनि निलेको छ । हामिले समाजमा हेर्न सक्छौ अरुको बारेमा टिका टिप्पनी जसले गरेको हुन्छ त्यो फुर्सदमा देखिन्छ । जसले गफ छाट्न पाउछ उसैले अरुलाई खराब देख्छ । अनुत्पादक काममा समय खेर फालेको जान्दैन । त्यसैले सबैले आ–आफ्नो ठाउमा समाज विग्रेको देख्ने अनुहार चिन्नु पर्छ । कतै आफै विग्रेकोले समाज विग्रयो भन्दै हिडेको हो कि ?