प्रशान्त वली
दाङ, २२ जेठ । नेकपा क्रान्तिकारी माओबादी दाङको संयोजकमा अम्मर पोख्रेल चयन हुनुभएको छ । आज दाङको घोराहीमा सम्पन्न भेलाले पोख्रेलको अध्यक्षतामा ६५ सदस्यीय पार्टी जिल्ला आयोजक समिती गठन गरेको हो । जसको सह–संयोजकमा खम्बु चन्द चयन हुनुभएको छ ।
भेलाले २१ सदस्यीय जिल्ला आयोजक सचिबालय कमिटी गठन गरेको छ । अबको केहि दिन पछि बस्ने सचिबालयको बैठकले जनबर्गीय संगठनहरुको कार्य बिभाजन गर्ने बताईएको छ ।
जनबादी क्रान्तिको लक्ष्य पुरा गर्ने अभीयानमा छौं – शाहि
यसैबिच नेकपा क्रान्तिकारी माओबादीका केन्द्रिय सचिबालय सदस्य हर्कबहादुर शाहिले जनबादी क्रान्तिको लक्ष्य पुरा गर्ने अभीयानमा पार्टी लागी परेको बताउनुभयो । प्राप्त उपलब्धीहरुको संस्थागत गरि क्रान्तिको झण्डालाई झुक्न नदीन पार्टिले ठोस कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो । नेकपा माओबादी केन्द्र संग बिलय भएको माओबादी स्वार्थको चगुंलमा फसेको भन्दै आफ्नो पार्टीमा शुद्धिकरण छाएको जिकीर गर्नुभयो ।
बिश्वका साम्राज्यबादीहरु क्रान्तिको झण्डा झुकाउन लागी परेको भन्दै क्रान्तिका बाँकी कार्यबाहर पुरा गर्न आन्दोलनको थालनि गरिने बिचार व्यक्त गर्नुभयो । यस्तै नेकपा क्रान्तिकारी माओबादीका केन्द्रिय सदस्य हिरामणी दुखीले बर्ग संघर्ष सहित राष्ट्रियता, जनतन्त्र र जनजिबीकाका समस्याको समाधानका लागी क्रान्ति अनिबार्य भएको बताउनुभयो । कार्यक्रममा जिल्ला सदस्यहरुले पार्टीको अवस्थाका बिषयमा रिपोर्टीङ गरेका थिए । भेलाको सहजिकरण पार्टीका जिल्ला सल्लाहकार एबम् मधुसुुदन बैद्यले गर्नुभएको थियो । बैठक पार्टीका जेष्ठ सदस्य एबम् जिल्ला संयोजक अम्मर पोख्रेलको अध्यक्षता केन्द्रिय सचिवालय सदस्य हर्कबहादुर शाहिको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य हिरामणी दुःखिको उपस्थितीमा बसेको हो ।।