नेकपा एमाले दाङमा अहिले चरम असहमति छ । असहमतिका कारण जिल्लामा एउटै कमिटी बन्न नसकी समानान्तर कमिटी गठन गरेर दुवै गुटले आ-आफु आधिकारिक भएको घोषणा गरेका छन् । भने कार्यकर्ता पनि छुट्टा छुट्टै कमिटीको समर्थनमा छन् । गुटगत राजनीतिको परिणाम स्वरुप एमाले निकट महिला संघ र युवा संघमा समेत  समानान्तर कमिटी अछुत रहन सकेन । एउटै पार्टी भित्रको पानीबाराबारको यो अबस्था अहिले एमाले भित्र देखिन्छ छ । प्रस्तुत छ बर्तमान अबस्थाबारे समसामयिक बिषयमा नेकापा एमालेका केन्द्रीय सदस्य तथा राप्ती अञ्चल इन्चार्ज खेममान खड्का संग यस अनलाइनका प्रधान सम्पादक केशरमान बिसीले गरेको कुराकानीको सम्पादित अंस ।

13348991_1371805089514946_2119156153_n नेकपा एमाले दाङमा अहिले ठुलो विवाद सुनिन्छ । विवादको कारण के हो ?
हो अहिले नेकपा एमाले दाङ मा आन्तरिक बिबाद चर्किएको छ । यसको कारण पार्टीका केहि नेतामा रहेको सिमित स्वार्थ हो ।

पार्टीमा यत्रो बिबाद आउँदा  पनि तपाइँ किन मौन त ?

 बास्तबमै अहिले हाम्रो पार्टी अन्तरविरोधको दलदलमा भासिएको छ । तर म पार्टी भित्रको रडाको कुनै मिडायामा वकल्न चाहन्न । किन भने यो हाम्रो आन्तरिक कलह हो । हामि सबै धैर्य र संयम भएर पार्टी लाइ एक ढिक्का पारेर अगाडि बढ्नु पर्छ । म त्यसैको लागि अहोरात्र गृहकार्यमा जुटेकोछु ।

अहिले दाङ मा एमालेको समानान्तर कमिटी भएको साँचो हो ?

 जरुर हो । समानान्तर कमिटी त छ । तर पार्टीमा कुनै सिमित व्यक्तीको स्वार्थ अटाउन सकेन भने के पार्टी आफु खुसि घोषणा गर्दै हिड्ने ?

 भन्नाले ? खासमा के भन्न खोज्नु भएको हो ?  प्रष्ट भन्नुस न
मैले भन्न खोजेको कुरा के हो भने हाम्रो पार्टीको नवौ महाधिवेसन पछि दाङ जिल्लामा कमरेड जोख बहादुर राणालाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएको हो । नीति सम्बत उँहा दाङ पार्टीको लिडर हो । तर नेतृत्वले जे भूमिका खेल्नुपर्थ्यो त्यो भूमिकामा उँहा रहन सक्नु  भएन ।  हाम्रो बिधान अनुसार पार्टी जिल्ला कमिटीको बैठक दुइ-दुइ महिनामा बस्नु पर्ने भएपनि बैठकै नबोलाउने , कुनै समयमा बैठक बसिहालेपनि  आफ्नो अनुकुल निर्णय नभए बैठकै छोडेर हिड्ने जस्ता पार्टी लाई अमान्य हुने विभिन्न क्रियाकलाप उँहाले गर्नुभयो । अझ आफु पार्टी अधक्ष भए लगतै उहाले पार्टी केन्द्रको बिनाकुनै जानकारी गुटगत आग्रहमा प्रेरित भएर जिल्ला सचिवालय सदस्य लगायत ११ जना कमरेड हरुलाई निस्कासन गर्नु भयो । अनि उँहालाई यसो नगर्नुहोस बरु असहमति र असमझदारीहरु छन् भने आउनुहोस सहमती बाट समाधान गरौँ भन्दा उँहा सम्पर्कमै आउनु भएन । बरु उँहा त गुटकै विस्तारमा तल्लिन हुनुभयो जसको परिणाम महिला संघ मा समानान्तर कमिटी गठन। युवा संघ मा समानान्तर कमिटी भयो । अनि हामीले पार्टीमा असहमती व्याप्त भएपछी सहमती खोज्नका लागि पार्टी केन्द्रको निर्देशन अनुसार बैठकको आव्हान गरिम । तर उँहा त्यो बैठकमा आउनुभएन । अनि उहाँ बैठकमा उपस्थित नभएपछि  पार्टी सचिव हुकुम बहादुर बस्नेतको अध्यक्षतामा बैठक बस्यो  र बहुमत सदस्यको निर्णय बमोजिम हुकुम बस्नेतलाई पार्टी अध्यक्षमा बैठकले चयन गर्यो। अनि उँहाहरुले पनि छुट्टै अर्को गुटको छलफलमा समानान्तर कमिटी घोषणा गर्नुभयो ।

खासमा जिल्ला पार्टीमा यत्रो खैलाबैला हुँदा तपाइले अभिभाकत्व दिनुपर्ने होइन ? यसमा तपाइको भूमिका के त ?

हो पक्कै पनि मैले यसमा अभिभावकत्व दिनुपर्ने हो र दिएको पनि छु । नीति अनुसार हाम्रो पार्टीको कार्यबहाक अध्यक्ष मात्र छ महिनाको लागि हुन्छ। तर कमरेड राणाले दुइ बर्ष पार्टी चलानु भयो । अनि हाम्रो पार्टी केन्द्रले जिल्लाको अधिवेसन जेठ ६ गते भित्र सम्पन्न गर्नुपर्ने भनेर दिएको अन्तिम डेटलाइन आउदा पनि उँहाले उक्त्त समय पनि गुजार्नुभयो । आफुले जिल्ला अधिवेसन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने वा आफैले बहुमत प्राप्त गरेर पुनः पार्टी अध्यक्ष बन्नुपर्ने मा उँहाले बहुमतको कदरै नगरेर पार्टी केन्द्रको नीति बिपरित गुटगत प्रसयमा लाग्नुभयो । अनि मैले अञ्चल  इन्चार्जको हैसियतले बहुमतको कदर गरेको हुँ ।

 त्यसो भए आधिकारिक कमिटी कुन त ?

बहुमतका आधारमा आधिकारिक कमिटी अहिले कमरेड हुकुम बहादुर बस्नेत कै अध्यक्षतामा गठित कमिटी हो ।

अब सहमतिको विकल्प के हुन सक्छ ?

सहमतिका लागि त मैले सकेसम्म प्रयास गरेकै छु । प्रत्यक दिन मैले यताको गतिबिधि पार्टी हेडक्वाटरमा पुर्याएको छु । पार्टी केन्द्र तथा म स्वंयम सहमतिबाट नै अगाडि बढ्नु पर्छ भन्ने कुरामा दृढछौ र मैले पार्टी हेड्क्वाटरमा पटक-पटक यस बिषयमा कुरा गरेको छु । पार्टी अञ्चल इन्चार्ज हुनुको नाताले मैले अझै सम्पूर्ण साथीहरुलाई एकताको सुत्रमा आउन आव्हान गर्दछु। अझै केहि बिग्रिएको छैन आउनुहोस छलफल गरेर अगाडि बढौ ।

 बुँदागत रुपमा भन्नुहोस न अब सहमतीको लागि के विकल्प छ ?
सहमतिका लागि त अझै थुप्रै विकल्प छन् नि बुँदागत रुपमै भन्ने हो भने :-
– पहिलो प्राथमिकता हुकुम बहादुर बस्नेत बहुमत प्राप्त अहिलेको अध्यक्ष हो । अब सबैले उँहालाई नेता मानेर पार्टी हितका लागि जनमतको कदर गर्दै अगाडि बढ्नु पर्छ ।
– दोश्रो अझै केहि आन्तरिक तथा संस्थागत असन्तुस्टी छन् भने दुवै पक्ष बसेर छलफल गरेर वैमनस्यता त्यागेर एक ढिक्का भएर अगाडि बढ्नुपर्छ ।
– तेश्रो पार्टीमा आन्तरिक मुटभेट न निम्त्याउनका लागि पार्टी केन्द्रले हस्तक्षेप गरेर दुवै कमिटी लाई डिजर्ब गर्ने र सर्वमान्य एक स्वतन्त्र कमिटी गठन गर्नुपर्छ ।

अन्त्यमा मैले सोध्न छुटेको तपाइले भन्नै पर्ने केहि छ कि ?
त्यस्तो ठ्याक्कै केहि छुटेको जस्तो त मलाइ लाग्दैन । तर मैले हाम्रो पार्टीमा अहिले चलेको अन्तरसंघर्षलाइ कुनै पनि मिडिया हरुले अतिरन्जित नगरी पार्टीको आन्तरिक समस्या हल गर्नका लागि सबै आफ्नो तह र तप्काबाट लाग्न तपाइको मिडिया मार्फत सम्पूर्ण शुभचिन्तकहरुलाई अनुरोध गर्दै पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई संयमता अपनाउन हार्दिक अनुरोध गर्दछु ।



Comments are closed.