कास्की, ७ जेठ । लेखनाथ महानगरपालिकामा फर्जि मत भेटिएपछि स्थगित भएको मतगणना शुरु हुन सकेको छैन । मतगणन गर्नका सुचारु गर्नका लागि सहमति जुटाउन आज वसेको सर्वदलिय बैठक विना निश्कर्ष सकिएपछि मतगणन अन्यौल बन्दै भएको छ ।

sfaFAमहानगरको १७ नम्बर वडाको मतगणना गर्दा फर्जी मत भेटिएको भन्दै विवाद भएपछि शनिबार साँझबाट स्थगित भएको थियो ।
आज झण्डै डेढ घण्टा बसेको सर्वदलिय बैठकमा दलहरुले आ–आफ्ना अडान नछाडेपछि सहमति जुटन सकेन । सहमति नजुटेपछि घट्नाबारे निर्वाचन आयोगलाई पत्र पठाउने तयारी भइरहेको छ ।