काठमाडौं, ७ जेठ । पहिलो चरण अन्तरगत बैशाख ३१ गते चुनाव हुन नसकेको कालिकोटको नरहरिनाथ गाउँपालिका र दोलखाको मेलुङ गाउँपालिकामा आज मतदान हुँदैछ ।

images-cmचुनावका बेला झडप हुँदा दोलखा र कालिकोटमा एक– एक जनाको ज्यान गएपछि मतदान स्थगित भएको थियो । निर्वाचन अधिकृतले त्यहाँ फेरि मतदान गर्न निर्देशन दिएका थिए ।

यस्तै सिन्धुपाल्चोक, हुम्ला र कालिकोटका एक एक वटा गाउँपालिकामा पनि पछि मतदान भएको थियो । सिन्धुपाल्चोकको इन्द्रावती, हुम्लाको खार्पुनाथ र कालिकोटको कालिका गाउँपालिकामा ढिलो मतदान भएको अन्तिम परिणाम आउन ढिलाई भएको हो ।