तुलसीपुर ६ जेठ । अर्काको नाममा फेक आईडि बनाएर अस्लिल सामाग्रि पठाउने एक ब्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले समाजिका सञ्जाल फेस वुकको दुरुपयोग गरेको अभियोगमा घोराही उप–महानगरपालिका वडा नं. १५ का २९ वर्षीय घनश्याम वस्नेतलाई पक्राउ गरेको हो ।

उनले अन्य व्यक्तिको नाममो फेसवुक आईडी खोलेर विभिन्न व्यक्तिलाई अस्लिल फोटो, भिडियो पठाएको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरज प्रताप सिंहका अनुसार सामाजिक सञ्जाल दुरुपयोग गरेको भनी विभिन्न व्यक्तिहरुहरुले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका बस्नेतलाई सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धि मुद्धा चलाईने एसपी सिंहले बताए ।