इन्द्रेणी संवाददाता
दाङ , ६ जेठ । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भटराईले स्थानिय तह निर्वाचनमा भरपर्दो वैकल्पिक शक्ति नहुँदा जनताले पुरानै शक्ति रोज्न बाध्य भएको बताएका । दाङ को घोराहीमा शनिबार प्रेस सोसाईटी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै यो निर्वाचनमा नयाँ शक्ति पार्टीको उम्मेदवारी प्रचारात्मक मात्र भएकोले जनताले पुरानै दललाई रहर भन्दा पनि करले भोट हालेको दाबि गरे ।
ठुला दलले सत्ताको दुरुपयोग गरेर निर्वाचन जितेको आरोप लगाँउदै भटराईले हालका दलहरुले गरेको गठबन्धन निक्कै अप्राकृतिक भएकाले यो लोकतन्त्रका लागि सुःखद पक्ष नभएको बताए ।‘ सट्टाधारीदलहरुले शक्ति र सत्ताको दुरुपयोग गरेर निर्वाचन जितेका छन ‘ झन निर्वाचनमा जसरी पनि जित्नका लागि बिचार सिद्धान्त केही नमिल्ने दलहरुबिचको गठबन्धन निक्कै अप्राकृतिक छ ।
यो लोकतन्त्रका लागि कदापी सुखःद पक्ष हैन । ‘ नयाँ शक्तिको लज्जास्पद हार भयो भन्नु र भर्खरै जन्मिएको बच्चाले किन दौडिन सकेन ? भनेर प्रश्न गर्नु एक्कै भएको उनको भनाई थियो । काँंग्रेस र माओबादी बिचको गठबन्धन दक्षिणी छिमेकी भारत र राप्रपा र एमाले बिचको गठबन्धन उतरी छिमेकी चिनको निर्देशनमा गरिएको भटराईको भनाई थियो । ‘
दलहरुको छिमेकी देशप्रतिको झुकावले मुलुकमा सामरिक द्धन्द निम्तीने खतरा बढाएको छ , उनले भने । आँउदो ज्येष्ठ ३१ गतेको निर्वाचनमा नयाँ शक्तिले देशैभर उम्मेदवार उठाउने भटराईले बताए । त्यसका लागि वैकल्पिक शक्तीका रुपमा उदाएका अन्य दलहरु संग तालमेल गरेर जान छलफल चलिरहेको भटराईको भनाई थियो ।
