तुलसीपुर, ६ जेठ । स्थानिय तहको दोश्रो चरणको निर्वाचनलाई लक्षित गरी शसक्त चुनावी अभियानमा लागेको राष्ट्रिय जनमोर्चा दाङले आज तुलसीपुरमा विशेष प्रशिक्षण सम्पन्न गरेको छ । उपमहनगरपालिका समन्वय समितिका संयोजक दोर्ण घर्तीको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा निर्वाचन सँग सम्बन्धीत सैद्धान्तीक, प्राविधिक र व्यवहारीक बिषयमा प्रशिक्षण दिइएको जिल्ला सचिव गणेश आचर्यले जानकारी दिए ।
कार्यक्रममा सचिव आचार्यले स्थानिय निकायको निर्वाचनमा प्रयोग हुने मतपत्र, छाप लगाउने तरिका, गाउँ कार्यपालिका र नगर कार्यपालिका गठन हुने प्रकृया लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । त्यस्तै जिल्ला सदस्य तथा तुलसीपुर ६ नं. वडा अध्यक्षका उमेदवार इशवरी भण्डारीले निर्वाचन अघि र मतदानको दिन अपनाउनुपर्ने ब्यवहारिक बिषयमा प्रशिक्षण दिएका थिए ।
उपमहानगरपालिकाका अधिकांश उमेदवार र अगुवा कार्यक्रता मात्र सहभागी प्रशिक्षणमा नेकपा मसाल दाङका प्रबक्ता भरत भण्डारीले निर्वाचनमा विरोधी शक्तिहरुले भ्रम फिजाउन सक्ने भएकाले सचेत भएर चुनावी अभियानमा लाग्न आग्रह गरे । पहिलो चरणको स्थानिय निकायको निर्वाचनको परिणाम हेर्दा तालमेल गरेका ठाउँहरुमा धोखा भएको पुष्टी भएको भन्दै उनले तालमेल मै धोखा दिनेहरुले झुटको खेती गर्न सक्नेभएकाले सचेत हुन आग्रह गरेका थिए ।
