तुलसीपुर ५ जेठ । सर्पको टोकाईबाट दाङमा ५ बर्षीया बालिकाको मृत्यु भएको छ । बिहिबर साँझ सातबजे तिर खेल्ने क्रममा सर्पले टोक्दा दंगीशरण गाँउपालिका वडा नं। २ कलङखोला निवासी भिष्म बस्नेतकी ५ बर्षीया छोरी प्राप्ती बस्नेतको मुत्यु भएको हो ।
सर्पले टोकेपछि प्राप्तीलाई अस्पताल नलगेर घरमै झरफुक गर्न खोज्दा मृत्यु भएको हो । बालिकाको अबस्थ गम्भिर बन्दै गएपछि मात्रै उनलाई राप्ती अञ्चल अस्पताल तुलसीपुर पु¥याईएको पारिवारीक श्रोतले बताएको छ ।
उनलाई अस्पताल पु¥याउन बितिकै डाक्टरले मृत घोषणा गरेका थिए । उनी ज्ञानोदय बोडिङ स्कुल सरुवाडाँडामा एलकेजीमा अध्यनरत थिइन ।