तुलसीपुर ६ जेठ । तुलसीपुर उपमहानगरपालिका ६ मा गठित वडास्तरिय बाल सञ्जालले बाचनालय स्थापन गरेको छ । वाचनालयमा ३० हजार बरावरका पुस्तक र २० हजार बरावरको ¥याक गरी ५० हजार लगानीमा वाचनालय स्थापन गरिएको हो ।
बिहिबार एक कार्यक्रमकाबीच वाचनालयको उद्घाटन गरिएको हो । वडा वाल सञ्चालकी अध्यक्ष धनकली बिकको अध्यक्षता तथा वडा नागरीक मञ्चका संयोजक अरुण लहरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अबशरमा सम्झना डाँगी, पत्रकार गोपाल शर्मा भट्टराई लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सामाजिक परिचालक श्रद्धा गौतमले गरेकी थिईन् ।
