घोराही,२२ जेठ । नेपाल शिक्षक संघको दुईको भेला शनिवार गोग्लीमा सम्पन्न भएको छ । सघका क्षेयित्र अध्यक्ष नारायण खनालको अध्यक्षतामा एव नेपाली काग्रेस क्षेत्र २ का सभापति गिरिराज सुवेदीको प्रमुख आथित्यतामा भएको भेलामा क्षेत्रीय सचिव चेतनाथ पौडेलले indexसाङगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भेलामा क्षेत्र न दुई अन्तर्गत पर्ने विभिन्न गाउँ समितिमा सघको सागठनिक अवस्था,शिक्षकहरुका समस्या र जिल्ला तहमा भैए गरेका कार्यहरुको बारेमा छलफल भएको थियो । भेलामा बर्तमान समयमा शिक्षामा देखिएका समस्याहरका साथै सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि शिक्षकहरु लागि पार्ने सहभागी शिक्षकहरुले बताउनुभएको थियो । त्यस्तै सम्शोधित शिक्षा ऐन संसदमा पारितका लागि पेश भएकाले संसदवाट पारिद गर्दै कार्यान्वनमा लैजान समेत सरकारसँग शिक्षकहरुले माग गरेका थिए । कार्यक्रममा नेपाल शिक्षक महासघ दाङका अध्यक्ष अमर खड्का,नेपाल शिक्षक संघकी दाङकी महिला उपाध्यक्ष देवा पौडेल,संघका सचिव रमेशकुमार पाण्डे,कोषाध्यक्ष मिनराज घिमिरे,टे«ड युनियन मध्यपश्चिमका सचिव युवराज बस्नेत,ट्रेड युनियन काग्रेसका दाङका उपाध्यक्ष विष्णुमणि दाहाल,ट्रेड युनियन काग्रेसका केन्द्रीय प्रतिनिधि बसन्त अधिकारी, संघका क्षेत्रीय अध्यक्षहरु प्रकाश डागी,थानेश्वर आचार्य,रामबहादुर केसी,दामबहादुर विसी,जिल्ला सदस्यहरु मनिराम पन्त,रामप्रसाद चौधरी,सतिस आचार्य,लक्ष्मण सारुमगर, शिक्षक महासघ दाङका सदस्य योगराज खत्री,निता पुन,संघका केन्द्रीय प्रतिनिधि नारायण शर्मा लगायतले बोल्नुभएको थियो । सघका देविराम पाण्डेको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन सचिव चेतनाथ पौडेलले गर्नुभएको थियो ।