काठमाडौं, ३ जेठ । ६ नं. प्रदेशमा ९ जिल्ला र आधा रुकुम गरी जम्मा ७८ वटा स्थानिय तह रहेका छन् ।

जसमध्ये १४ स्थानमा माओवादी केन्द्र, ११ स्थानमा नेकपा एमाले, १० स्थानमा कांग्रेस र २ स्थानमा स्वतन्त्रले जितेका छन् । बाँकी रहेका २१ मध्य ८ स्थानमा एमाले, ७ स्थानमा माओवादी र ६ स्थानमा कांग्रेस अग्रस्थानमा रहेका छन् ।

यो हिसाबले आआफ्ना अग्रस्थानमा आफैले जितेको खण्डमा समेत माओवादी पहिलो पार्टी हुनेछ ।

ind image

माओवादीले अग्रता लिएका स्थान

१. दुल्लु नगरपालिका दैलेख
२. त्रिवेणी नगरपालिका जाजरकोट
३. सान्नी त्रिवेणी गाउँपालिका जाजरकोट
४. बागचौर नगरपालिका, सल्यान
५. बनगाड कुपिन्डे नगरपालिका सल्यान
६. कालीमाटी गाउँपालिका सल्यान
७. चौरजहारी नागरपालिका रुकुम
८. आठबीसकोट नगरपालिका रुकुम

कांग्रेसले अग्रता लिएका ५ स्थान

१. भेरीगंगा नगरपालिका सुर्खेत
२. गुर्भाकोट नगरपालिका सुर्खेत
३. बराहताल गाउँपालिका सुर्खेत
४ चन्दननाथ नगरपालिका, जुम्ला
५. शारदा नगरपालिका, सल्यान

एमालेले अग्रता लिएका स्थान

१. वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
२. पञ्चपुरी नगरपालिका सुर्खेत
३. लेकबेंसी नगरपालिका सुर्खेत
४. चौकुने गाउँपालिका सुर्खेत
५. सिम्ता गाउँपालिका सुर्खेत
६. भेरी नगरपालिका, जाजरकोट
७. छेडागाड नगरपालिका, जाजरकोट
८. कपुरकोट गाउँपालिका सल्यान
९. छत्रेश्वरी गाउँपालिका, सल्यान