गोविन्द खड्का
घोराही, ३ जेठ । सिर्जनशिल टोल विकास संस्थाको सरसफाइ अभियान निकै अगाडि पुगेको मानिन्छ । घोराही १४ मा रहेको त्यस टोलका अध्यक्ष यम प्रसाद खरेल सात टोल सरसफाइ समितिका संयोजक एवं वडा सरसफाइ समितिका सदस्य हुनुहुन्छ । तर त्यहाको शुभविहानी फोहर हेरेरै वित्छ ।
साझ परेपछि सडकमा ल्याएर फोहर थुपार्नेहरु नघटेको स्थानिय व्यवसायी धन बहादुर विसीले जानकारी दिनुभयो । कसैले पत्तो नपाउने गरी सुटुक्क बाटोमा फोहर बसालेर भागने गरेका छन् । उनिहरुलाई आफु भागेपनि घर त्यहि रहन्छ भन्ने सम्म पत्तो छैन । आफुले लाज मान्नेहरुले घर आगनको बदनाम भएको मतलव गरेका छैनन् । त्यसको प्रमाणहो साझमा फोहर थुपार्नु ।
दिनभरी जम्मा गरेको फोहर सर्टर बन्द गर्दा कार्टुन सहित विसीले भित्र राख्नु हुन्छ । विहान उपमहानगर पालिकाको गाडि आएपछि त्यसैमा जम्मा गरेको फोहर खन्याएर आफ्नो कार्टुनको सुरक्षा गर्नुहुन्छ । एउटैकार्टुनले महिनौ धान्ने विसीले प्रतिकृया दिनुभयो । धेरै बजार बासीले रातिमा कवाडिले फोहर छितरेर कार्टुन लैजान्छ भन्ने प्रतिकृया दिन्छन् । उनिहरुले विसिले जत्तीकै उपाए अपनाउन सकेका छैनन् । ढ्याप्ली मुनि, पसल अगाडि बसालेर जाने बानी छ । त्यसलाई हावाले ढालेर घोप्ट्याउने र छितरेर सद्दसिद्ध पार्ने खतरा सबै ठाउमा छ ।
हरेक व्यवसायीले आफ्नो फोहर भित्रै राख्ने वानी बसाल्नु पर्छ भन्नुहुन्छ न्यु नेपाल एग्रोभेटका सञ्चालक काशी नेपाल । सरसफाइ गाडि नआए पछि आफुले तिनदिन सम्म भएपनि फोहर भित्रै राख्ने जानकारी दिनुभयो । पसल अगाडि रग रगाट पार्नुभएका नेपालले उपमहानगर पालिकाले नियम कडा बनाउनु पर्ने सुझाव दिनुभयो । उहाले बाहिर फोह फालेको देख्यो नै जरीवाना काट्न महानगर पालिका डराएपछि फोहरी बानी घट्न नसकेको नेपालको विश्लेषण छ ।
यसरीनै फोहर जति जम्मा गरेर विहान गाडिमा खन्याउनेमा शहिद उमेश मार्गका एभर ग्रिन गिफ्ट्स एण्ड म्युजिकलका भोला खनाल पर्नुहुन्छ । पसल भित्रा ठाउ ठाउमा साना कार्टुहरु छन् । तिनिहरु बाट संकलन गरी ठुलामो जम्मा गरेर राखिन्छ । विहान गाडि आउदा त्यसैमा खन्याएर कार्टुनको पनि सुरक्षा गरीएको खनालले जानकारी दिनुभयो । तर, छिमेकी संग त्यति गुण छैन । खनालकै पसलका बदनाम हुने गरी फोहर टुक्रक्क पेटिमा बसाली दिन्छन् । केहिले त बढार्दै ल्याएर थुप्रो पारेको पनि भेटिनछ । यसो त अरुको राम्रो बानि अनुसरण नगर्ने रोग छ । त्यसको परिणामले घोराही बजार फोहर बाट मुक्त हुन सकेको छैन ।
जहा भेट्यो त्यही झगडामा नारीने सरसफाइ अभिायान्ताहरु बाक्लीदै गएका छन् । सरसफाइ वडा संयोजक शक्ति राम डागि, दाङ उद्योगवाणिज्य संघका उपाध्यक्ष नारायण भुषाल र अध्यक्ष हेमराज बञ्जाडे लगाएतको समुह निकै सकृय भएर लागेको छ । भुषालले धेरैका घर अगाडिको फोहरको फोटा संकलन गर्नुभएको छ । सम्वन्धीत व्यक्तिलाई सुझाव पनि दिने गर्नुहुन्छ तर सप्रिन निकै कठिन देखिएको छ । हरेक मर्निङ वाक भुषालको फरक फरक गल्ली पुगेर फोहरका फोटा खिच्नमा वित्ने गरेको छ । त्यसरी धेरै तिर बाट पहल गर्दा पनि अपेक्षीत लाभ हुन सकेको देखिन्न । प्रहरी परिचालन गरेर भएपनि सफ ागर्ने लक्ष्यले विटहरुमा फुल वाडिएको छ । विटका प्रहरीले फुलै सुकाउने खतरा देखिएको छ । वरपरका व्यापार पनि हटाउन सकेका छैनन् । विटवरपर व्यापार गर्न नदिने डिएसपि भुवनेश्वर तिवारीको निर्देशन खेर जाने देखिन्छ । प्रहरीहरु पनि पहिल्यै देखिको उभिएर, गफिएर विताउने गरेका छन् । प्रहरीले सरसफाइ तथा सुन्दरतामा ध्यान नदिएको सरसफाइ अभियान्ताको गुणासो छ ।
जुन ठाउमा समस्या छ त्यहि कार्वाहि गर्ने होईन भने असफल हुने घोराही उपमहानगरपाकिलाको विश्लेषण छ । कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटाले शहिद गेट हुदै बैंकरोड, दामोदर चोक तुलसीपुर चोक सम्मको फोहरका अबस्था भिजुयल गराउनु भएको छ । त्यसको प्रयोजन नखुलाएको उपमहानगर पालिकाले कुनै कार्वाहि अघि बढाउन सकेको छैन । पाक्षिक सरसफाई अभियान थालेर चेतनाको पाटो लाई अघि बढाएको जानकारी दिएको छ । व्यक्तिगत रुपमा शाखा अधिकृत सुवोध रेग्मीले निकै सकृयता देखाउनु भएको छ । बाहिर ल्याएर डस्टिविन बाट फोहर खन्याउदै गरेका धेरैको भिजुयल रेकर्ड गरेको रेग्मीले जानकारी दिनुभयो । उनिहरुलाई बानी सुधार्ने शर्तमा कुनै कदम चालिएको छैन । मनोवैज्ञानिक त्रास दिएर सोझै सरसफाइ गाडिमा फोहर हाल्ने बानी बसाउन खोजिएको छ । त्यसले बजारमा निकै सजकता बढाएको देखिन्छ । बाहिरै फोहर राख्ने वानी फेरीन सकेको छैन ।