काठमाडौं, २ जेठ । स्थानीय तहको निर्वाचनको मतगणन जारी छ । अहिलेसम्मको मत परिमाणअनुसार नेकपा माओवादी केन्द्रले विभिन्न पाँच स्थानमा प्रमुख जीतेको छ भने नेकपा एमालेले पनि पाँच स्थानमा प्रमुख हातमा लिएको छ । तर दोस्रो संविधान सभाको ठूलो दल नेपाली काग्रेसले भने चार स्थानमा प्रमुख जितेको छ ।
त्यस्तै एक स्थानमा स्वतन्त्र उमेदवार विजयी भएका छन् । अहिलेसम्म नेपाली काग्रेस अग्रस्थानमा छ । काग्रेस ६३ स्थानमा अग्रता कायम राखेको छ भने नेकपा माओवादी केन्द्रले ३२ र नेकपा एमालेले ७२ स्थानमा अग्रता कायम राखेको देखिन्छ ।
विशेष गरी राष्ट्रकै चासोको विषयमा रहेका पोखराको लेखनाथ महानगरपालिकामा शुरुदेखि नै नेकपा एमालेले अग्रता कायम राखेको छ भने । चितवनको भरतपुरमा अहिले रेणु दाहालले अग्रता कायम लिएकी छिन् । यी स्थानमा माओवादी केन्द्र र नेपाली काग्रेुले चुनावी तालमेल गरेको थियो ।
नेपाली कांग्रेस प्रमुख जितेका ठाउँ
- मनाङको नारफु गाउँपालिका – मिङमानर छिरिङ लामा (निर्विरोध)
- मुस्ताङको लोमान्थाङ गाउँपालिका – सुवर्णकुमार विष्ट
- बाग्लुङको तमानखोला गाउँपालिका – जोकलाल बुढा
- मनाङको नोसाङ गाउँपालिका – चन्द्रबहादुर घले
माओवादी केन्द्रले प्रमुख जितेका ठाउँ
- जुम्लाको गोठिचौर गाउँपालिका – हरिबहादुर भण्डारी
- डोल्पाको जगदुल्ला गाउँपालिका – नरसिंह रोकाया
- हुम्लाको ताजाकोट गाउँपालिका – बागदल मल्ल
- डोल्पाको मुड्केचुला गाउँपालिका – दत्तबहादुर शाही
- कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका – डम्बर शाही
-
नेकपा एमाले प्रमुख जितेका ठाउँ
- डोल्पाको काइके गाउँपालिका – अंगद राना
- मनाङको चामे गाउँपालिका – लोकेन्द्र घले
- मनाङको नेस्याङ गाउँपालिका – कान्छा घले
- मुस्ताङको घरपजोङ गाउँपालिका – असबहादुर थापा
- स्याङ्जाको फेदीखोला गाउँपालिका – घनश्याम सुवेदी