तुलसीपुर १ जेठ  । तुलसीपुर ७ वम्नैमा रहेको पब्लिका ज्ञानज्योति माविले असहाय वालवालिकालाई निशुल्क शिक्षा दिने भएको छ । विजौरीमा रहेको असहाय वालवालिका सहयोग नेपालमा रहेका १३ जना वालवालिकाहरुलाई स्कुल वसको सुविधा सहित विद्यालयले अध्यापन गराउने भएको हो ।

gyan-jyoti-hssसोमबार औपचारिक कार्यक्रमको आयोजना गरेर विद्यालयका संस्थापक अध्यक्ष टिकावहादुर जिसीले उनीहरुलाई माध्यमिक तहसम्म निशुल्क अध्यापन गराउने घोषणा गर्नुभएको हो । कार्यक्रमका प्रमखु अतिथि समेत रहनु भएका जिसीले विद्यालयले सामाजिक उत्तरदायित्व पनि वहन गर्नमा आफ्नो भुमिकालाई प्रभावकारी वनाउदै लगेकोे वताउदै अहिलेसम्म करिव २०० विद्यार्थीहरुले विद्यालयको छात्रावासमा वसेर समेत निशुल्क अध्यापन गरिसकेको वताउनु भयो ।

विभिन्न जिल्लाबाट आएका वालवालिकाहरु विजौरीमा रहेको असहाय बालबालिका सहयोग नेपालमा आश्रय लिइरहेको सस्थाका अध्यक्ष विष्णु चौधरीले वताउनु भयो । चौधरीले पब्लिक ज्ञानज्योतिले विद्यार्थीहरुलाई निशुल्क अध्यापनको जिम्मेवारी लिएर सामाजिक दायित्व पुरा गरेकोमा आभार समेत व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन वसन्त विवश आचार्यले गर्नुभएको थियो ।